सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्राहकको रोजाई बन्दै ठमेलको ‘ब्लुवेल रेष्ट्रो’

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेलमा रहेको ‘ब्लुवेल रेष्ट्रो’ पछिल्लो समय स्वदेशी तथा विदेशी ग्राहकको रोजाईमा पर्न थालेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १६ पक्नाजोलस्थित सातघुम्ती सडकमा सञ्चालनमा रहेको ‘ब्लुवेल रेष्ट्रो’ले स्वदेशी तथा विदेशी खाना पस्कँदै आएसँगै ग्राहक आकर्षित गर्न थालेको हो ।

गोरखा वारपाक सुलिकोट गाउँपालिका वडा नं ५ लाँकुरीवोटका ४० वर्षीय युवा व्यवसायी भगवान थापाले विस २०७४ सालमा स्थापना गरेको उक्त रेष्ट्रोले टिपिकल नेपाली थकाली खाना र कन्टिनेन्टल खाना पस्कँदै आएको छ ।

सुरुको समयमा रु ५५ लाखको लगानी गरेर सञ्चालनमा ल्याइएको उक्त रेष्ट्रोमा अफ सिजनमा समेत दैनिक ४० देखि ४५ स्वदेशी तथा विदेशी पाहुना आएर ढिँडो र लोकल कुखुरा, मार्सी चामलको भातसहितको थकाली खानाको स्वाद लिईरहेका छन् ।

“पर्यटकीय सिजनमा थकाली खानाको स्वाद लिने स्वदेशी तथा विदेशी पाहुनाहरुको संख्या उल्लेख्य हुन्छ, गार्डेनसहितको रेष्ट्रो भएकाले विदेशी पाहुनाको रोजाई बन्दै गएको छ ‘ब्लुवेल रेष्ट्रो,”– थापा भन्नुहुन्छ ।

पारिवारिक वातावरण प्रदान गर्दै आएको उक्त रेष्ट्रोले मुस्ताङ आलु, कुरकुरे चिकेन, किमा नुडल्सलगायतका नयाँ खाजाहरुसमेत पस्कदैँ आएको छ । उक्त रेष्ट्रोमा वर्थ डे पार्टी र अन्य पार्टी मनाउनका लागि ४० देखि ५० जनासम्म बसेर जमघट गर्न सकिने सञ्चालक थापाले बताउनुभयो ।

“गर्न सक्यो भने स्वदेशमा पनि राम्रो गर्न सकिन्छ भन्ने मान्यताका साथ रेष्ट्रो सञ्चालन गरेको हो, आफ्नै देशमा बसेर विदेशी पर्यटकलाई खानामार्फत सेवा दिन पाएकोमा ज्यादै खुशी छु,”–सञ्चालक थापाले भन्नुभयो ।

सौहार्दपूर्ण वातावरणमा स्वस्थ्य खानालाई पस्कँदै आएको उक्त रेष्ट्रोले छुट्टै कफिसप समेत सञ्चालन गरेर कफिका पारखीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »