सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा रमेश भट्ट

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित भएका छन् ।
निर्वाचित अध्यक्ष भट्टले आफुलाई निर्वाचित गराउन सहयोग गर्नुहुने सबैलाई आभार समेत ब्यक्त गरेका छन् ।
उनले जारी गरेको पत्रमा यस्तो लेखिएको छ

हार्दिक आभार

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको दशौँ महाधिवेशनबाट आफनो अमुल्य मत प्रदान गरि मलाई अध्यक्ष पदमा निर्वाचित गराउनु भएकोमा सम्पूर्ण पञ्जिकृत सदस्य ज्युहरु प्रती हार्दिक आभार व्यक्त गर्दछु । साथै नवनिर्वाचित आईसीसी सदस्य, कार्य समिति पदाधिकारी एवं सदस्य र लेखा समिति संयोजक तथा सदस्य ज्यूहरुमा हार्दिक बधाईव्यक्त गर्दछु ।

म संगै अध्यक्षको प्रतिस्पर्धामा रहनुभएका मित्र पदम गिरी ज्यू लगाएत सबै उम्मेदवार ज्युहरुलाई नेतृत्व चयनको लोकतान्त्रिक प्रक्रियामा सहभागी भएर महाधिवेश सफल पार्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

विभिन्न उतारचढावका बिच निष्पक्ष एवं शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन समिति, अनुगमन समिति एवं सम्पूर्ण अग्रज एनआरएनए अभियान्ता ज्युहरुमा हार्दिक आभार व्यक्त गर्दछु। निवर्तमान कार्यसमितिका अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्य ज्यूहरुले कार्यकाल पुरा गरेर सहज रूपमा महाधिवेशन सम्पन्न गर्नु भएकोमा बिशेष आभार व्यक्त गर्दे आगामी दिनमा पनि सहकार्यको अपेक्षा राखेको छु ।

नेतृत्व चयन प्रक्रियामा भएको चुनावी प्रतिस्पर्धामा पदिय जिम्मेवारीमा जो जहाँ भए पनि अब संस्थालाई सबैको साझा बनाएर कतारमा रहेका नेपालीको हकहितका लागि काम गर्नु हाम्रो जिम्मेवारी मात्र होइन दायित्व हो । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षको लागि उम्मेदवारी दिँदै गर्दा मैले तपाईँहरू माझ केही प्रतिबद्धताहरू सार्वजनिक गरेको थिए ती प्रतिबद्धता पूरा गर्न तपाईंहरुको साथ सहयोग अपेक्षा गरेको छु । नेपाली राजदुतावससँग समन्वय गरेर श्रमिकको समस्या द्रुत गतिमा समाधान गर्ने, श्रमिक विभागलाई थप प्रभावकारी बनाउदै कल्याणकारी कोषलाई मजबुद बनाउने र संस्थाका हरेक गतिविधि पारदर्शी बनाउदै आर्थिक प्रतिवेदन त्रैमासिक रूपमा सार्वजनिक गर्ने मेरा मुख्य काम हुने छन् । दशौँ महाधिबेशनले पारित गरेको विभाजीत एनआरएनए एक बनाउने संकल्प प्रस्ताव अनुरुप गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ११ औँ महाधिवेशन अगाडी नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

हार्दिक आभार सहित ।

रमेश भट्ट

नवनिर्वाचीत अध्यक्ष

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार

भर्खरै

सम्बन्धित खबर

Language »