सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ कथानक चलचित्र ‘ङिङजे’को ट्रेलर सार्वजनिक

काठमाडौँ , तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा तयार पारिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ असोज १ गते प्रदर्शनको मिति तय गरिएको छ ।

सोमबार काठमाडौँस्थित द श्हेनोर हाउस बौद्धमा पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर‚ चलचित्रमा समावेश गरिएको गीत ‘भर आरे जीन्दगीला’ र चलचित्रको टाइटल गीतको भिडियो एकै साथ सार्वजनिक र प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

चलचित्रको कथा, पटकथा र संवाद ऋतुराज पाखिनको रहेको छ । निर्माता दीपेन्द्र लोप्चन (मुरली), रन्जिता स्याङ्तान रहेका छन् भने सहनिर्माता प्रवीण कुमार तामाङ रहेको छ । चलचित्रको निर्देशन अमिर दोङले गरेका हुन भने सह निर्देशनको भूमिका कुईसाङ रुम्बाले गरेका हुन् ।

चलचित्रको प्रस्तुतकर्ता भने पेमा लामा योञ्जन रहेको छ । द्वन्द्व राजु तामाङ, नृत्य कृष्ण ब्लोन, छायाङ्कन विक्रम मोक्तान र त्रिलोक लामा, सम्पादन विक्रम मोक्तान, डबिङ सन्तोष गोले, मिक्सिङ कार्साङ लामा, गीतकार रुपेन मोक्तान, ङेमा दोङ (तवला), सङ्गीतकार च्वाईस दोङ, रोशन लामा, गायक विशाल काल्तान, रोशन लामा, हावा लामा, गायिका जितु लोप्चन, निर्मला घिसिङ, रञ्जिता घिसिङ, एरेन्जर दिपेश प्रधान, चाँदसिं र सानुबाबु घिसिङ रहेका छन् ।

ङिङ्जेमा अमिर दोङ, सुस्मा थिङ, सजिना लोप्चन, कुईसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन, सोम मोक्तान, राज गोले, रन्जिता स्याङ्तान, अनिता नेगी, मनिका मोक्तान, भुईसल लामा, माया मोक्तान, दोर्जे मोक्तान, प्रबल थिङ, नोर्साङ दोङ, विशाल थिङ रहेका छन् । त्यस्तै अतिथि कलाकारमा नायिका सुस्मा मोक्तान, रुपा यस घले, पुष्पाञ्जली लोप्चन रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »