सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किन हाल्छौ जनताको आँखामा छारो, जहिलेसुकै भरिया मात्रै समात्छौ,मुख्य नाईके समात्न को बन्दैछ तगारो ?

मन्दिरा ढुंगाना

गत साउन २ गते मंगलबार रेडी ट्रेडर्स (डमी कम्पनी,सञ्चालक दिलीप भुजेल),बुढानिलकण्ठ मार्फत हङकङ बाट स्कुटरको ब्रेक सु भनेर आयात गरिएको समान मा १०० किलो सुन, राजस्व अनुसन्धान विभाग द्वारा पक्रिए पछि अहिले सम्म कै ठूलो तस्करी को पर्दाफास हुँदै गएको छ।

विमानस्थलको गेट पार गरेर मूल सडक मा पुगेको ट्याक्सी मा भएको सुन सहित दुई जनालाई नियन्त्रणमा लिएर सुरु भएको सुनको अपरेसन पहिलो घेराका सबै सदस्य पक्रिएको र अवैध वस्तु (सुन) पनि नियन्त्रणमा राखेको विभागले जनाएको छ तर मनन योग्य कुरा यहाँ के छ भने तल्लो भरिया लेवल का मान्छे सम्म समतिनु कुनै नौलो कुरा हैन यस्ता खालका काण्ड हरुमा किनकि यस्ता तस्करी का योजना सुरु बाटै विज्ञ को सल्लाह मा नै तय गरिएको हुन्छ, यदि समाती हाल्यो भने नी को को फस्ने  भन्ने पहिला नै तय हुन्छ जस्तै दिलीप भुजेल जो सामान्य ज्याला गर्ने मान्छे जसलाई केही कुरा थाहा नै छैन, चेक जाँच गर्ने सामान्य कर्मचारी,भन्सार एजेन्ट जो केही आर्थिक प्रलोभनमा खरिद गरिएका हुन्छन्।

भेप प्रकरणपछि बाहिरिएको १ क्विन्टल सुन प्रकरणमा पनि माओवादी नेताहरूमाथि प्रश्न उठेको छ र उठ्न पर्ने तथ्यगत कुरा हरु नी छन्,बिसेस गरि यो पछिको केस मा अर्थमन्त्री को नी राम्रै साथ सपोर्ट भएको हुन पर्छ किनकि यसको योजना २/३ महिना अघि मात्र भएको देखिन्छ रेडी ट्रेडर्स नाम को डमी कम्पनी दर्ता गरेसँगै,यो लगायत आफ्नो विश्वास योग्य कर्मचारीको सरुवा हुनु एक संयोग मात्र मान्न सकिन्न। पछिल्लो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोरा दीपेश पुन, माओवादी उपमहासचिव वर्षमान पुन र उनकी पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीसँग चिनजानका व्यक्ति हुन्,चिनजान मात्र नभई नाता सम्बन्ध नी देखिन्छ ।

 नन्दबहादुर र वर्षमानको परिवारसँग दावाको पारिवारिक जमघट र भेटघाटका तस्बिर र भिडियो हरु सार्वजनिक भइसकेका छन् ।

सुन प्रकरणमा जोडिएका केही व्यक्ति माओवादी नेतासँग सम्पर्कमा रहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेदेखि निष्पक्ष छानबिन वा न्यायिक समिति बनाउनुपर्ने अडान लिएर सदन अवरोध गर्दै आएको छ ।

सत्तारूढ दलका नेतासमेत जोडिएको विषयमा सरकारबाट निष्पक्ष अनुसन्धान नहुने भन्दै एमालेले संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आइरहेको छ तर यही एमाले सरकार मा हुँदा ३३ किलो सुन छानबिन गर्न बनाइएको समितिको को प्रतिवेदन अहिले सम्म सार्वजनिक गरिएको छैन र दोषी हरुलाई ३३ किलो सुन नै नभेटिएको हुनाले सफाई समेत दी सकेको छ।

विभिन्न कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सबै फाइल खोतल्ने र कसैलाई नछाड्ने दाबी गरि रहे पनि ९ किलो सुन तस्करीमा जोडिएका पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि अनुसन्धान अघि बढेको छैन वा बढ्न दिएको छैन संकास्पद छ जबकि ८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि उनीहरूमाथि मुद्दा दर्ता त भएको छैन नै, उनीहरूलाई योजनाबद्ध रूपमा उन्मुक्ति दिन खोजिएको छ ।

अब सीधा सबैले बुझ्ने कुरा चाहिँ के हो भने महरा (बाबु छोरा),नन्द किशोर (बाबु छोरा) र वर्षमान (श्रीमान श्रीमती)को विगत र वर्तमान आर्थिक हैसियत मात्र हेर्ने र सम्पति छानबिन राम्रो संग गर्ने हो भने सबै कुरा घाम जत्तिकै छर्लङ्ग हुन्छ।नेपाल मा विधिको विडम्बना नै भन्नु पर्छ जब कुरा राजनीतिक तह मा पुग्छ सबै कुरा त्यही टुंगिन्छ।जस्तो ललिता निवास काण्ड माधव नेपाल /बाबुराम/विष्णु पौडेल सम्म पुगेपछि रोकियो ,भुटानी शरणार्थी काण्ड राष्ट्रिय भाउजुहरु आर्जु /मन्जु सम्म पुगे पछि रोकियो भने १०० केजि सुन काण्ड महरा/वर्षमान /नन्दकिसोर (सपरिवार)सम्म पुगेपछि रोकियो भने कुनै अनौठो हुने छैन।

जे होस् अहिले चाहिँ कुनै न कुनै काण्ड चाहिँ पर्दाफास भएकै छैन यसैको अर्को शिलशिला मा अर्को जापान काण्ड बजारमा आएको छ नेपाली कांग्रेस (नारायण खड्का) यसबाट एउटा साझा कुरा के प्रस्ट हुँदै गएको छ भने जुनसुकै भ्रष्टाचार/तस्करी को काण्ड आओस् एमाले ,माओवादी र कांग्रेस मै गएर रोकिने रैछ।

भर्खरै

सम्बन्धित खबर

Language »