सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरी परिसर घेराउ कार्यक्रममा पक्राउ केहि रिहाई पाँच जना अझै रिहा हुन बाँकी

काठमाडौँ । विवादस्पद अभिव्यक्ती दिने अधिवक्ता शितल पाण्डेलाई पक्राउ नगरेको भन्दै टेकु प्रहरी परिसर घेराउ कार्यक्रममा पक्राउ परेका मगर र तामाङ समुदायका केहिव्यक्तिहरु रिहाई भएका छन् भने अझै पाँचजनाको रिहाई हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ ।
अभियुक्त शितल पाण्डेलाई तत्काल पक्राउ गर्न माग गर्दै शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दै गर्दा प्रहरीले अश्रुग्यास र लाट्ठी चार्ज गरेको थियो ।
प्रहरीको लाट्ठीचार्जबाट ६० जना भन्दा बढी व्यक्तिहरु घाइते भएको विभेदकारी कानुन खारेजी अभियानमा संयोजक मूक्तान थेबाले बताए ।
उनका अनुसार युवा घेदुङका अध्यक्ष बिलाम मोक्तान, कवि तथा पत्रकार बच्चु हिमांशुसहित एक दर्जन भन्दा बढीलाई प्रहरीले पक्राउ गरेका थिए ।
प्रक्राउ परेकाहरुलाई बिना सर्त तत्काल रिहा गर्न तामाङ र मगर समुदायका संघ संस्थाहरुले माग गरेका थिए ।
आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ ।
प्राइम टेलिभिजको अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन्। साथै तामाङ,मगर र मुस्लिम समुदायमा दाजुबहिनीबिच विवाह हुन्छ भनेर अभिव्यक्ती दिएका थिए । उक्त अभिव्यक्तिले तामाङ, मगर र मुस्लिम समुदायमा गहिरो चोट पुगेको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।
आजको कार्यक्रममा प्रहरीबाट मानवअधिकारको गम्भिर उलंघन भएको र त्यसको बिरुद्ध मानव अधिकार आयोगमा जाने संघर्ष समितिले जनएको छ ।
महिला आन्दोलनकारीहरुलाई पुरुष प्रहरीले हातपात गरेको भन्दै महिला आन्दोलनकारीहरुले गंभिर आपत्ति जनाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »