सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको विशेष बैठक बिभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

काठमाडौं । जगडोल रिसोर्ट गोकर्ण मा आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को एक अभिन्न अंगको रूपमा कृयाशिल संगठन सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको बैठकबसि विभिन्न महत्त्वपूर्ण बिषयमा छलफल तथा निर्णय गरेको छ ।
संपर्क समन्वय सिन्धुपाल्चोक जिल्ला अध्यक्ष जयराम आचार्य को शभापतित्वमा बसेको बैठक को प्रमुख आतिथ्य संपर्क समन्वय बागमती प्रदेश का अध्यक्ष ठुलोबाबु श्रेष्ठ ले गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज महेन्द्र घोरासैनी, प्रदेश समिति सदस्य भिमसेन काफ्ले,बिदुर चौलागाई,रामकृष्ण श्रेष्ठ, बागमती प्रदेश सम्पर्क समन्वय समितिका सल्लाहकार बालसुन्दर श्रेष्ठ र रोजन लामा बागमती प्रदेश महिला बिभाग संयोजक मिथिला सिग्देल , प्रदेश समिति अन्तर्गतका आयोग का अर्चना खड्का ,उषा दाहाल,कल्पना कुँवर लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका १२ वटा पालिका मध्य ११ वटा पालिकाका ईन्चार्ज ,अध्यक्ष तथा सचिवहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने प्राय सबैजनाले पार्टी खुम्चदै जानुमा मुख्य दोष नेतृत्व तहको भएपनि आम कार्यकर्ताले पनि यसको जिम्मा लिनुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।
यो कार्यक्रम सन्चालन सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका सचिव तोक बहादुर गधराज ( तोकेन्द्र)ले गर्नु भएको थियो ।
धारणा राख्दै प्रमुख अतिथि बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठले कतिपनि बिचलित नभईकन आफ्नो काममा दत्तचित्त भएर लाग्न मातहतका सबै समितिहरुलाई निर्देशन समेत दिनु भएको छ ।
पार्टीलाई सिमित ब्यक्तिहरुको घेराबन्दिबाट बाहिर निकाल्न अहिले बसिरहेको केन्द्रिय समितिको बैठकले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ र खेल्छ भन्ने आस रहेको पनि अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
यदि पार्टीलाई परिवारवाद , नाता गोता र चाप्लुसी गर्नेहरुको चंगुल बाट बाहिर निकाल्न नसक्ने हो भने पार्टी ध्वस्तहुन सक्ने तर्फ ध्यान दिदैं नेतृत्वलाई खवरदारी सहित को सुझाव दिन र आम कार्यकर्ता तथा नागरिक वृतमा उठेको प्रश्नको जवाफ उपल्लो समितिका नेतृत्वहरु संग खोज्नको लागि जिल्ला समितिको आयोजनामा यहि भदौ ७ गते बृहत अन्तरकृया राख्ने बिषयमा आजको बैठकले निर्णय गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »