सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टेकु आन्दोलनको छानबिन हुने, कार्बाहि होला त टेकु प्रहरी प्रमुखलाई ????


काठमाडौं । जनजाति समुदायको टेकु आन्दोलनमा भएको प्रहरी ज्यादति को छानबिन गर्न अधिकार सम्पन्न छानविन समिति बनाउने बिषयमा नेपाल सरकार गृहमन्त्रालयले जनजाति समुदायका नेतृत्वहरु संग सहमति गरेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले श्रावण १७ गते टेकु प्रहरी परिसरमा भएको घटनाको सम्बन्धमा विशेष चासोका साथ सांझ ७ बजे आकस्मिक बैठक बोलाउनु भएको थियो ।
नेपाल सरकारका गृहमन्त्री नारायाणकाजि श्रेष्ठ, नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवर, काठमाडौंका सीडीयो,तामाङ घेदुङका अध्यक्ष मोहन गोले, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन संगै प्रहरी यातनाबाट घाइते कृति गोले, मन्जु मगर सहित प्रतिनिधिमुलक छलफल भएको छ ।
टेकु प्रहरीले एकतर्फी रिपोर्ट गरी आन्दोलनकारीले उश्रृंखल कार्य गरेकोले गिरफ्तार गर्न बाध्य भएको भन्ने गलत सन्देश दिएको देखिएको छ ।
गिरफ्तार पछि पाँचजना महिलाहरु माथि भएको चरम यातना र दुव्र्यहारको बारेमा उपल्लो तह बेखबर रहेको पाइएको छ ।
प्रहरीबाट पीडित घाइतेहरुको कुरा सुनेपछि तत्काल विशेष छानवीन समिति बनाएर दोषी उपर कारबाहीको प्रक्रिया अगाडि बढाइने समझदारी भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »