सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल भारत सिमामा देखिएका व्यापारिक समस्याहरू समाधानका लागि ठोस कदम चाल्ने – उम्मेदवार रौनियार


नेपालगञ्ज, नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा साझा प्रजातान्त्रिक समूह तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ललित कुमार रौनियारले दुई देश नेपाल भारत सिमामा देखिएका व्यापारिक समस्याहरू समाधानका लागि ठोस कदम चाल्ने बताएका छन ।


निर्वाचनको मुखमा चुनावी अभियानलाई तिब्रता दिदैँ उद्योगी व्यवसायीहरु संग भेटघाट गरेर समस्या सुन्दै साझा प्रजातान्त्रिक समूहले यस्तो बताएका छन ।
उद्योगी ब्यवसाय माझ उनले भने,‘न्यूनिकरण तथा आयात निर्यातमा भारतीय तथा नेपाली भन्सारद्वारा विभिन्न बहानामा अतिरिक्त शुल्क लगायत दुःख दिने क्रियाकलापको निराकरणको लागि हामीले पहल गर्ने एवं समाधानका लागि सम्बन्धित निकायमा पहल गरी समस्याको हल गरिनेछ ।’ यसका लागि उनले भारतीय प्रहरी प्रशासन तथा नेतागण, भारतीय व्यापारिक संगठनहरू वीच नियमित समन्वयात्मक बैठकको आयोजना गरिने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »