सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चलचित्र गणपतिमा शंकर अधिकारी घायलको गीत चर्चामा

काठमाडौं । चलचित्र गणपतिमा शंकर शंकर अधिकारी घायलको रचना रहेको गीत“उन भित्र गुण फुल्ने ठाउँ कहाँ होला, माया रोप्दा मायै फुल्ने ठाउँ कहाँ होला”को चर्चा चल्न थालेको छ ।
चलचित्र गणपति नेपालसँगै बिश्वभर एक साथ प्रदर्शन हुने भएपछि यो गीतको चर्चा अझ चुलिएको हो ।
शंकर अधिकारी घायलको रचना रहेको गीतको स्वर र संगीत बाबुल गिरीको रहेको छ ।
सबिन अधिकारी लिखित तथा निर्देशीत रामप्रसाद र लक्ष्मण रिजालको चलचित्र गणपतिको वल्र्डवाइड रिलिज राइट सेभेन सि इन्टरटेनमेन्टले लिएको हो ।
फिल्म अमेरिका,अष्ट्रेलिया, जापान,क्यानडा,मिडिल इष्टलगायत म्यानमार र थाइल्याण्डका हलमा समेत बक्स अफिस रिलिज हुनेछ ।
रिजाल एन्ड रिजाल प्रोड्क्सनका प्रमुख रामप्रसाद र सेभेन सि इन्टरटेनमेन्ट बीच बिहीबार सम्झौता भएको हो ।
सेभेन सि इन्टरटेनमेन्टका प्रमुख बिनोद पौडेल,प्याट्रीक सुवेदी र रमेश ढकालले आफुहरुको कम्पनीले नेपाली फिल्मको वल्र्डवाइड बितरण “गणपति” बाट श्रीगणेश लागेको जानकारी दिएका छन ।
भदौ १४ गते प्रदर्शन हुने फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरेलगायतका कलाकार मुख्य भुमिकामा छ्न ।

भर्खरै

सम्बन्धित खबर

Language »