सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फस्ट द च्याम्पियनसिप तेक्वान्दो च्याम्पियन कार्यक्रम भव्यताको साथ सम्पन्न

काठमाडौं । स्वस्थ जिवनको लागि खेल,देशको लागि खेल मात्र नभई पछिल्लो समय मनोरन्जनको लागि पनि खेल बन्दै गईरहेको छ ।
समग्र तेक्वान्दो खेलाडीहरुको बिकासकोलागि आज भोलि आन्तरिक प्रतिस्पर्धा गराएर अगाडी बढाउन बिभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गरीदै आएको छ ।
यसैबिच आज काठमाडौंको Balaju रानिवनक्षेत्रलाई कार्यक्षेत्र बनाएर सन्चालित च्याम्पियन तेक्वान्दो डोजाङ्ले अन्तर विद्यालय तथा अन्तर डोजाङ् फस्ट द च्याम्पियनसिप तेक्वान्दो च्याम्पियन कार्यक्रम आयोजना गरि भव्यताको साथ सम्पन्न गरेको छ ।

काठमाडौं जिल्ला भित्रका १९ वटा विद्यालय र १२ वटा डोजाङ्को गरि जम्मा ४५० भन्दा माथि खेलाडीको सहभागिता रहेको च्याम्पियन कार्यक्रम करिब १० घण्टा लगातार चलेको थियो ।
तिनवटा सेटमा खेलाईएको खेलमा बिभिन्न तौल समुहको खेलाडीहरुलाई समावेश गराईएको थियो ।
काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीको बिशेष उपस्थितिमा भएको कार्यक्रमको जुरी टेवल काठमाडौं जिल्ला तेक्वान्दो संघका पदाधिकारी तथा सदस्यहरुले हेर्नुभएको थियो भने काठमाडौं जिल्लाले तोकेका रेफ्रिहरुको रोबहरमा खेल सन्चालन भएको थियो ।
कार्यक्रममा स्थानिय नेता देखि बालाजु प्रहरी बृतका ईन्चार्जको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट टिमलाई शिल सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
च्याम्पियनसिप तेक्वान्दो डोजाङ्का सन्चालक प्रदिप आलेमगर को शभापतित्वमा भएको कार्यक्रममा काठमाडौं जिल्ला तेक्वान्दो संघको भरपुर सहयोग रहेको जिल्ला अध्यक्ष बिक्रम खड्गीले बताउनुभयो ।
अझ ब्यवस्थित तरिकाबाट यस्ता कार्यक्रमहरु सन्चालनगर्न मातहतका डोजाङ्हरुलाई अध्यक्ष खड्गीले निदेर्शन अवस्था आएको बताउनुभयो ।
बनस्थली ढुङ्गेधारा स्थित कोरोना स्कुलमा भएको कार्यक्रमलाई सो विद्यालयले समेत आवश्यक सहयोग गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »