सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आदिकवि भानुभक्त आचार्यको सम्झनामा “कविता”

लाल बहादुर के.सी. (रुकुम पश्चिम ,कर्णाली प्रदेश)

त्यस घाँसीले कसरी आज दिएछ अर्ति ।
धिक्कार हो मकन बस्नु नराखी किर्ति ।।

भानु तिमि जन्मियौ तनहुँको रम्घा गाउँमा ।
नेपाली साहित्यलाई जन्मायौ तिम्रै नाउँमा ।।

नेपाली साहित्य जगतमा चिनिन्छौ तिमि आदिकवि भनेर ।
तिमि बाँच्यौ जम्मा चौबिस बर्ष दिनै गनेर ।।

नेपाली भाषामा उल्था गर्यो तिमिले महाकाब्य रामायण ।
नेपाली साहित्यलाई जगायौ तिमिले अति गराएर ध्यानाकर्षण ।।

रच्यौ तिमिले भानुभक्त रचना र किर्ति ।
नेपाली साहित्य जगतलाई कतै नबिर्सि ।।

गर्यौ रचना तिमिले बधुशिक्षाको अति मेहनत गरेर ।
नेपाली साहित्य बिउँझायौ तिमिले सुर्यझैं प्रकाश छरेर ।।

तिन दर्जन भन्दा बढी फुटकर कविता सिर्जना गर्यौ तिमिले ।
अझै पनि बिर्सेका छैनन् तिमिलाई नेपाली जनले।।

तिम्रो गुणगान गाएर र बखान गरेर साध्य छैन नेपालमा ।
सकिदैन तिम्रो गुणको ऋण तिरेर उम्कन नेपालमा ।।

गयो तिम्रो पार्थिव शरिर सारा नेपालीलाई रुवाएर ।
बाँकिरहे तिम्रा सिर्जनाका किर्ति नउखेलिने गरि जरो गाडेर ।।

लेखक लामो समय शिक्षण पेशामा रहेर सामाजिक रुपान्तरणको अभियानमा सकृय हुनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »