सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चन्द्रमामा पुग्यो भारत, रच्यो इतिहास


भारत चन्द्रमामा यान र्पुयाउने चौथो मुलुक बनेको छ । बुधबार साँझ भारतले पठाएको चन्द्रयान(३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो । यो सगै चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो मुलुक बनेको छ ।
नेपाली समयअनुसार आज साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको थियो । जुलाई १४ मा चन्द्रयान—३ प्रक्षेपण भएको थियो ।
चन्द्रयान—३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग छन्। ल्यान्डरको नाम विक्रम राखिएको छ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो ।
विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ । प्रज्ञानको तौल २६ किलो छ । सन् २०१९ मा भारतले पठाएको चन्द्रयान—२ को ल्यान्डर अवतरण हुने क्रममा दुर्घटनामा परेर सम्पर्कविच्छेद भएको थियो ।
यसअघि अमेरिका, चीन र तत्कालीन सोभियत संघले चन्द्रमामा यान पठाएका थिए । तर उनीहरू सबैले चन्द्रमाको भूमध्यरेखा आसपासमा यान पठाएका थिए अमेरिकाले पटक—पटक अन्तरिक्षयात्री पठाएको छ ।
प्रज्ञान रोभरले अब चन्द्रमाको दक्षिणी ध्रुवको सतहको अध्ययन गर्ने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »