सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ईत्तेहाद सङ्गठनको लुम्विनी प्रदेश अध्यक्षमा शकील खान निर्वाचित


नेपालगञ्ज, नेकपा एमाले सम्वद्ध नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम अधिवेशनले शकील अहमद खानको अध्यक्षतामा पुनः नयाँ कार्य समिति गठन गरेको छ । बिहिवार नेपालगञ्जमा भएको अधिवेशनले खानको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

सङ्गठनको प्रथम लुम्विनी प्रदेश अधिवेशनको उद्घाटन सङ्गठनका केन्द्रीय अध्यक्ष सेराज फारुकीले गर्नुभयो । अधिवेशनको उद्घाटनमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु लक्ष्मण ज्ञवाली, खेममान खड्का, मोहम्मद हारुन, एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । अधिवेशनमा लुम्विनी प्रदेशका १२ जिल्लाबाट प्रतिनिधी र पर्यबेक्षक गरि दुईसयजनाको सहभागिता रहेको थियो ।

संगठनका प्रदेश अध्यक्ष शकील अहमद खानको अध्यक्षतामा उद्घाटन समारोह भएको हो । खाँ का अनुसार अधिवेशनमा प्रतिनिधित्वको हिसावले प्रदेशका १२ जिल्लालाई क, ख र ग वर्गमा विभाजन गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »