सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवी शोभा पाठकको जन्मदिनमा पुर्व गृहमन्त्री देखि पुर्व मुख्यमन्त्री सम्मको जमघट

काठमाडौं । गूरु गोरखनाथ अन्तराष्ट्रिय आधारशिला नामक संस्थाको अध्यक्ष तथा समाजसेवी शोभा पाठकको जन्मदिन र तिज बिशेष कार्यक्रम आज स्वयंभुको स्टार बेङ्क्युटमा भब्यताको साथ सम्पन्न भएको छ ।
कार्यक्रम अनौपचारिक भए पनि कार्यक्रममा पुर्व गृह मन्त्री बामदेव गौतम ,बागमती प्रदेशका पुर्व मुख्य मन्त्री राजेन्द्र पाण्डे लगायत बिभिन्न तहका भिआईपि हरुको उपस्थिति रहेको थियो ।
पुर्व गृह मन्त्री बामदेव गौतमले केक खुवाएर जन्मदिनको शुभकामना दिएका थिए भने ,बागमती प्रदेशका पुर्व मुख्य मन्त्री राजेन्द्र पाण्डले बुकि दिएर शुभकामना दिएका थिए ।
कार्यक्रममा युवा,ब्यवसायी,महिला तथा पाठकका आफ्ना आफन्त साथिभाईहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा पछिल्लो समय एकदमै चर्चामा रहेका युवराज सफल तथा लोक दोहोरी गायीका उमा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैले समाजसेवी शोभा पाठकलाई जन्मदिनको शुभकामना दिनुका साथै नाच गान गरेर तिजबिशेष समेत बनाएका थिए ।
समाजसेवीको रुपमा परिचित शोभा पाठक नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर अन्तराष्ट्रिय स्तरमा समेत पहल गर्ने धार्मिक अभियन्ता तथा महिला नेतृ समेत हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »