सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आठौँ अधिवेशन र १६औं बार्षिक साधारणसभाको तयारीमा तामाङ कलाकार संघ : अब कसले गर्ला नेतृत्व ?

काठमाडौं ।नेपाल तामाङ कलाकार संघको अध्यक्ष दोङको अनुसार संघको १६ औं बार्षिक साधारणसभा तथा आठौँ अधिवेशन भाद्र २३ गते हुने भएको छ । बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री माननिय तिर्थ लामाको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रम जोरपाटी स्थित याङ्रिमा हिल सिटिमा हुने भएको छ ।

समग्र तामाङ कलाकारहरुको एकता, तिनलाई व्यावसायीकता बनाउने र समग्र तामाङ कलाकारहरुको हकहितको निमित्त २०६२ सालमा दर्ता भएको उक्त संस्था हाल तामाङ कलकारहरुको अभिन्न अंगको रुपमा स्थापित भएको छ । तामाङ गीतसंगीतको प्रर्बद्धन, संस्कार संस्कृतिको जोगेर्ना संगै समुदायमा आपत विपतको बेला समेत सहयोगी संस्थाको रुपमा खडा भएको यो संस्थामा हाल चारसय को हारहरीमा तामाङ कलाकारहरु आबद्ध रहेका छन् ।

निरन्तर तामाङ कलाकार र तामाङ समुदायको लागी आवाज उठाउँदै आएको तामाङ कलाकार संघका संस्थापक अध्यक्ष वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ हुन भने संस्थापक सचिव वरिष्ठ संचारकर्मी तथा कलाकार स्वर्गीय दिपेन्द्र दोङ तामाङ रहेका थिए । यस संस्थाले स्थापना कालदेखी नै समुदायमा विभिन्न जागरणका आवाजहरु उठान गर्दै आएका छन् । पछिल्ला समय यत्ता भने नयाँ पुस्ताका कलाकारहरु तामाङ गीतसंगीत क्षेत्रमा प्रवेश भए संगै संस्थामा आवद्ध हुने क्रम ह्वात्तै बढेको देखिन्छ ।

यस अघि संस्थापक अध्यक्ष चन्द्र कुमार दोङले ३ कार्यकाल संस्थाको नेतृत्व गरेका थिए । चन्द्र कुमार दोङ पछिका दोस्रो अध्यक्ष इन्दिरा गोलेले संस्थाको १ कार्यकाल मात्र नेतृत्व गरि तेस्रो अध्यक्षको रुपमा सञ्जिव वाईबालाई नेतृत्व हस्तान्तरण गरे संगै तामाङ कलाकार संघले दोस्रो पुस्ताका कलाकारको नेतृत्व पाएका थिए । सञ्जिव वाईबाले संघको २ कार्यकाल नेतृत्व गरे संगै हाल संघको अध्यक्षमा गायक तथा संगीतकार विश्व दोङ तामाङ रहेका छन् । कार्यकालको हिसाबले १ कार्यकाल उत्साहजनक रुपमा संघको नेतृत्व गरे संगै यो बर्ष फेरी नेतृत्व चयनको समेत कार्यक्रम रहेको छ ।

बर्तमान अध्यक्ष विश्व दोङले आफ्नो नेतृत्वकालमा विगतका कार्यक्रमहरुलाई निरन्तरता दिंदै केही नयाँ कार्यक्रमहरु समेत योजना बनाई कार्यन्वयन गरेको देखिन्छ । उनले आफ्नो बर्तमान कार्यकालमा योगीता मोक्त प्रतिभा पुरस्कार लगायतका अन्य केही थप कार्यक्रमहरु संस्थामा ल्याएका छन् । यद्यपी तामाङ मौलीक सेलो संगीत महोत्सव समेत विश्व दोङकै संयोजकत्वमा योजना बनाई कार्यन्वयनमा ल्याएका हुन् ।

संस्थाको बार्षिक साधारणसभा तथा अधिवेशन भन्ने बित्तिकै नेतृत्व चयनको बिषय भने यत्ति बेला सिंगो तामाङ समुदायकै लागि चासोको बिषय बनेको छ । हर हिसाबले संस्थालाई सकरात्मक पाटोमा डोर्‍याउन सफल नेतृत्वले यस पटक नेतृत्व हस्तान्तरण गर्ने हुन् या पुनः दोहोरिने हुन् भन्ने बिषय भने चासोको बिषय रहेको छ । यद्यपी बिगतका नेतृत्वहरुलाई हेर्ने हो भने ईन्दिरा गोले बाहेकका अन्य दुई अध्यक्षले कार्यकाल दोहोर्‍याएर लिएको छ । तसर्थ नेतृत्व दोहोरिन सक्ने र हस्तान्तरण गर्ने बिषय सामान्य तवरले मुल्यांकन गर्न सकिने अवस्था भने छैन । यदी नेतृत्व दोहोरिएन भने स्वभाविकै रुपले उपाध्यक्ष बिशाल काल्तानले नेतृत्व लिन सक्ने अनुमान भने गर्न सकिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »