सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘बि.पी. जयन्ती’ भारतको बैंगलोर स्थित इन्दिरा नगरमा भब्यताका साथ सम्पन्न

भारत –नेपाली जनसम्पर्क समिति दक्षिण भारतक्षेत्रिय समितिले बिपि जयन्तिको अबसर पारी २ दिने बैठक, भेटघाट तथा प्रशिक्षण कार्यक्रम बैंगलोरको इन्दिरा नगर मा क्षेत्रिय अध्यक्ष ईन्द्रराज अधिकारीको अध्यक्षता,प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पुर्ब उपसभापति एबम पुर्ब उपप्रधानमन्त्री बिमलेन्द्र निधि र बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका निबर्तमान केन्द्रिय आमन्त्रित केन्द्रीय सदस्य एबम नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डेको उपस्थितिमा कार्यक्रम को संचालन दक्षिण भारत क्षेत्र का महासचिव माधव राज खडायतले गर्नु भएको थियो भने भारत का बिभिन्न सहरहरु बाट पाल्नु भएका नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरुको बिशेष उपस्थितिमा कार्यक्रम भय्ब्य रुपले सु सम्पन्न भएको छ।

यस ऐतिहासिक कार्यक्रम मा सहभागी हुनु हुने अतिथिहरु मा केन्द्रिय शिक्षा सचिब काशिराम आचार्य, केन्द्रिय सदस्य दिपक झा, निबर्तमान महासचिव बिमल राज बिस्ट, संगठन सचिव बिमल सिजापती, सह -कोषाध्यक्ष अर्जुन धामी, खेल सचिव विजय बिष्ट, क्षेत्रिय कार्य समिति सदस्य सुरज धामी, दिवश शाही, बिनोद खड्का, ईश्वर बिष्ट र चेन्नई बाट बिशेष रुपले शाखा अध्यक्ष गंगाराम शर्मा, रुद्र आचार्य र दिनेश रावल सहभागी हुनु भएको थियो।

यस कार्यक्रम मा बेंगलोर का बिभिन्न शाखाहरुबाट बिशेष सहभागी हुनेहरुमा शाखा अध्यक्ष कामेश्वर तिवारी, पदम राज जोशी, दिपेश खडायत, उदय बिष्ट, जनेश्वर जोशी, बिष्णु प्रसाद जोशी, गोबिन्द शाही, प्रेम महता, गोपाल सिंह धामी, तेज नारायण शाह, दिपेन्द्र धामी, तपेन्द्र बोहरा, रामचन्द्र खड्का, राधा खडायत, निशा झा, मनिषा सिजापति, रमेश बिष्ट, अमिन बोहरा, भिमराज खडायत, मनोज बोहरा, पत्रकार सिर्जना शाही, घोडाघोडी नगर पालिका का वडा सभापति बीर बहादुर साउद लगायत का प्रतिनिधिहरुले सहभागिता जनाउनु भएको थियो।

कार्यक्रम का प्रमुख अतिथि बिमलेन्द्र निधिले दिक्षिण भारत र नेपाल बिच पुरानो धर्मिक समन्ध रहेको र उहाँको दक्षिण भारत को भ्रमण को क्रममा यहाँका बिभिन् मन्दिरहरुमा हजारौ बर्ष पहिला देखि नेपाल को कालीगण्डकी बाट शालिग्राम ल्याएर पबित्र रुपले स्थापना गरि पुजिदै आएको र यस बारेमा मन्दिर ब्यबस्थापन बाट हाम्रो ऐतिहासिक धार्मिक सम्बन्ध बारे झन् अध्यन र अनुभव गर्ने अवसर पाएको भन्नु भयो। यसै क्रममा जुन उदेश्य र सामाजिक सेवाभावले नेपाली जनसम्पर्क समिति कार्य गर्दै आइरहेको छ र यसले प्रबासमा बिश्व भरि नै नेपाली जनसम्पर्क समितिको भन्दा अर्को विकल्प नरहेको भन्नु भयो र यसै गरि नेपालमा पनि नेपाली काङ्ग्रेसको बिकलल्प अरु कुनै दल हुन् नसक्ने बताउनु भयो।

नेपाली जनसम्पर्क समितिकले नेपाल मा निर्वाचनमा ४५००० (पैत्तालिस हजार) कार्यकर्ता नेपाल गै नेपाली काङ्ग्रेसलाई पहिलो पाटी बनाउन खेलेको भुमिकाको प्रसंसा पनि गरेका थिए। नेपाली जनसम्पर्क समिति ले गर्दै आइरहेका कार्यहरुको प्रसंसा र कार्यक्रमका उहाँले दक्षिण भारत मात्र नभएर सम्पूर्ण भारत को स्वतन्त्रता देखि लिएर अहिले को अवस्थासम्म बिभिन्न समयक्रममा नेपालीहरुले पुर्याउनु भएको योगदान बारे जानकारी गराउदै हामी नेपालीहरुको पहिचान भनेको हाम्रो निस्वार्थ त्याग, बहादुरी र इमान्दारिता भएकोले हामीले यसको सम्मान र रक्षा गर्दै यस प्रवास को कर्मभूमिमा आत्मसम्मान, दृढ बिश्वास र ठुलो सपना का साथ काम गर्दै भविष्यमा यहाँबाट आर्जन गरेको अनुभव र सीप को स्वदेशमा उपयोग गर्दै हाम्रो देशको बिकासमा यहाँहरुको ठुलो योगदान रहनेछ भन्ने बिचारमा पनि आफु बिस्वस्त रहेको र यसको लागि आफुले सधै नेपाल सरकार र आफुले सके अनुसारको प्रयास गरिरहने प्रतिबद्दता व्यक्त गर्नु भयो।

साथै यस बेंगलोर को आईटी सिटीमा नेपालका पुर्ब देखि पश्चिम, हिमाल देखि तराई सम्मका नेपालीरहिरहने साथीहरुलाई भेट्न पाउदा आफु एकदमै खुसी भएको र यस आत्मीय स्वागत अनि भेटघाट को अवसर का लागि आफु सधै नेपाली जनसम्पर्क समिति परिवार प्रति आभारी रहिरहने बताउनु भयो।

यस केन्द्रिय नेतृत्व को महत्वपूर्ण भ्रमण को सुनौलो अवसर मा नेपाली जनसम्पर्क समिति – दक्षिण भारत क्षेत्रले आफ्नो बार्षिक क्षेत्रिय प्रतिबेदन मा यस क्षेत्र ले बिगत एक बर्षमा गर्नु भएका योगदान र प्रवास मा नेपालीहरुका समस्या सहित को प्रतिबेदन बुझाउदै प्रमुख अतिथि माननीय बिमलेन्द्र निधि ज्युले यस सम्बन्धि समन्वय निकायहरुको ध्यान आकर्षण गराउने र समाधान प्रति आफु प्रतिबद्ध भएर लाग्ने बताउनु भयो। विशिष्ट अतिथि केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डे ज्यू ले प्रस्तुत गर्नु भएको हालै भोपाल को बैठक बाट पारित नेपाली जनसम्पर्क समिति भारतको मिसन 2023 कार्य योजना बिशेष प्रसंसा गर्दै प्रबासमा नेपाली जनसम्पर्क समिति का कार्यकता असली जनताका बेतलबि राजदुत हुन भनेका थिए।यसै गरि उहाँले प्रवास कार्यरत हामी सम्पूर्ण नेपालीहरुले दैनिक रुपमा भोग्नु परेका बिभिन्न समस्याहरु माथि प्रकास पार्नु हुदै आफु हामी नेपालीहरुको समस्या देखि एकदमै नजिक ले अवगत रहेको र यस को निवारण सम्बन्धमा आफुले सम्बन्धित सम्पूर्ण निकायहरु सँग समन्वय गर्ने, नेपाली राजदुतावास लगायत दुवै देश नेपाल र भारत सरकार लाई अवगत गराई सकेसम्म समाधान र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।यसै क्रममा र कार्यक्रमका विशिष्ट अतिथिकेन्द्रिय अध्यक्ष ज्यू केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेको मिसन 2023 काय योजना भोपाल बैंककले पारित गरेको योजना बारे बताउदै कर्याकर्ता लाई जिम्मेवारी दिनु भएको छ।

२६-२७ गते भोपालमा सम्पन्न बैठकले नेपाली जन सम्पर्क समिती  सांगठानिक सुदृढीकरणका लागि १ सेप्टेम्बरमा  देखि ३०डिसेम्बर 2023 सम्म विशेष आन्तरिक अभियान चलाउने  2023 क्यालेन्डर बनाइ कार्य गर्ने निर्णय गरेको यहाँलाई विदित नै छ । यसै अनुरुप हजुरहरुले आफ्नो -आफ्नो क्षेत्र, शाखाहरुमा  रहि निम्न बमोजिमको कार्य गर्न गराउन सबै कर्यकर्ता लाइ जिम्मेवारी दिएको छु।

१ –   १ -३० सेप्टेम्बर२०२३ सम्म   जनजागरण  अभियान सन्चाल
 (क) महिला दिदी -बैनि हरुलाइ जोडदै हाम्रो सस्कृतिक परम्परा जोगाउने गरि तिज कार्यक्रमको आयोजना  गर्ने 
(ख)  बिपि जयन्ती समरोहमा निम्न बमोजिम कार्य गर्ने, गराउनलगाउने गोष्ठी , सास्कृतिक कार्यक्रम , खेलकुद ,  रक्तदान  , गरिब बच्चाहरूलाई किताब कापि पेन बितरण ,वृद्धि आश्रमा वा झुकी झोपडिमा  फलफुल खाध्य सामाग्री  लत्ताकपडा  बितरण गर्ने , स्वस्थ्य  सिविर जस्ता जन सेवाका कार्य गरि बिपिलाई सम्झदै जन जन मन मन मा नेजसले वास्तविक रुपमै सामाजिक कार्य गर्दछ भन्ने बिस्वसनिय  वातावरण बनाउने।
(ग) सबै क्षेत्रहरू, शाखा, उपशाखा , तरुनदल , महिला , विद्यार्थी , समाज सेवि , भारती मित्रहरू , स्वास्थकर्मी, हामिहरु बिच असन्तुष्ट रहेका मित्रहरू , गलि गलि फेक्ट्र एरिया , होटल होटल , व्यावसायिक जहाँ नेपालीहरु छ्न त्यहापुगी  समितिको प्रचार गर्दै नेजस दुख सुखको साथी हो ।भन्ने महसुस गराउन भारतमारहेका नेपाली हरुको अभिभावक नेजस हो भन्ने बिस्वस्नियता आम नेपाली हरुमा पार्दै नेपालमा रहेका नेपालीलाई दुखको साथी हो भन्ने महसुस गराउन कार्यकर्तालाइ अनुरोध गरे।
अभियान कै रुपमा सुरु गर्ने
२) १ देखि २५ अक्टोबर २०२३   सम्म सेप्टेम्बर महिनामा  जन जागरण कार्यक्रम शीत जोडिएका र हाम्रो पुराना उपशाखा शाखाहरुमा गै सदस्यता बितरण,  नवीकरण कार्य सम्पन्न गर्ने  २६   अक्टोबर 2023 सम्म क्षेत्रीय कार्यलय केन्द्रिय प्रतिनिधिलाइ विवरण बुझाउने ।साथै क्षेत्रीय केन्द्रिय कार्य समितिका साथीहरुले आफ्नो आफ्नो क्षेत्रमा लेबि एक मुस्ट जम्मा गरि  केन्द्रको प्रतिशात हिस्सा   ३० अक्टोबर 2023 केन्द्रिय प्रतिनिधि वा  क्षेत्रीय कार्यलयले  रकम नेजस मुम्बई केन्द्रिय बैंक  खातामा सिधै जम्मा गराउने र विवरण केन्द्रिय महामन्त्री , कोषाध्यक्ष  ,संगठन सचिव , कार्यालय सचीवलाई बुझाउनु पार्ने  छ ।
३) १-३० नोबेम्बर २०२३ शाखा अधिबेसन  , प्रशिक्षण कार्यक्रम  सम्पन्न पार्ने ३० नोबेम्बर २०२३ सम्म सम्पुर्ण शाखा सम्मेलन  गराइ अधिबेशन को रिपोर्ट  नव निर्वाचित साखा समितिको विवरण क्षेत्रीय समितिले र केन्द्रिय प्रतिनिधिले दिने
४) ७ डिसेम्बरको केन्द्रिय  कार्यालयले मतदाता नामावली प्रमाणीकरण गरि केन्द्रिय प्रतिनिधि सहित क्षेत्रहरूमा अधिबेशन गराउन खटाइने छ। १० – ३० डिसेम्बर 2023 सम्म क्षेत्रीय अधिबेशन सप्पन्न पार्ने  निर्णय गरिएकोले सबै समन्धित पक्षले निष्ठा पुर्व कार्य गर्ने गराउन अनुरोध गर्दछु।
५) सेवादल गठन – क्षेत्रीय , शाखा स्तरमा विभिन्न समयमा समाज आइपर्ने आपाद अबस्थामा अकस्मात सेवामा  समाजमा सेवामा लागिपर्नको लागि  सामाज सेवामा उत्सुक युवा  समय दिन सक्ने विभिन्न नलेज भएका मध्य बाट  आबशेक्ता अनुसारको  सेवादल गठन गरि समाजिक काममा नेपाली जन सम्पर्क समिती सदा समाजमा उपस्थित हुन सक्छ।भन्ने सन्देश दिदै समाजसेवामा लाग्ने ।
अन्त्यमा सन 2023मा शाखा संख्या १०० बढाउने क्षेत्र १० पुर्याउने आजिबनसदस १०० बढाउने सकृय सदस्य ५१०० बढाउने लक्ष्य तय गरिएको छ। सबै क्षेत्रमा प्रशिक्षण कार्यक्रम संचालित गर्ने
उक्त अभियानलाई प्रभावकारी र सफल बनाउन तपाई हामी सबैको दायित्य रहेकोले सम्बन्धित पक्षले तोकिएको कार्यभार सम्पादन गरि अभियानको उद्देश्य सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुनेछ भन्ने   विश्वासका साथ कार्य सफलताको कामना गर्दछ। पुन निर्धारित समयमा कार्य सम्पादन सकि लिखित प्रतिवेदन  बुझाउनु हुनु हुनेछ  भन्ने  पुर्ण  बिश्वास  गरेकोभन्दै कार्यकर्तालाइ निर्देश गर्नु भएको थियो।।महोबादी बाट प्रेदेस स्त्तरको नेता नेजसमा प्रेबेस गरेको मा स्वागत गर्द समाजिक सेवागर्दै जन जन टोल टोल गल्ली गल्ली फेक्त्टी एरिया नेपाली बस्ती झुगी झुगी पुगि सेबा भाबले काम गने बताए , उपस्थितिमा केन्द्रिय र क्षेत्रीय सम्पूर्ण पदाधिकारीहरु साथै सम्पूर्ण शाखाका अध्यक्ष सचिवहरु रोबर मा सम्पन्न भयो बैठकले दक्षिण भारतमा भाबि कार्यक्रमहरु र संगठित विकसित लगायत सम्पूर्ण दक्षिण भारतको हितकालागि एकबद्ध भएर काम गर्ने निर्णय गरेका छ्न।
जय नेपाल!

तराप्रसाद बेलबासे
सम्पादक नेजस भारत

भर्खरै

सम्बन्धित खबर

Language »