सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रेडक्रस प्रचार प्रसार, रक्तदान उत्प्रेरणा र महिला सदस्यता अभिबृद्धि कार्यशाला


नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्तर्गतका उपशाखाहरुका पदाधिकारी तथा सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले रेडक्रस सम्वन्धी कार्यशाला गोष्ठी नेपालगंजमा सम्पन्न भएको छ ।


नरेसो लैङ्गिक तथा समावेशीकरण समिति अन्र्तगत भएको उक्त कार्यशाला गोष्ठीमा रेडक्रस स्थापना, विकासक्रम रेडक्रस अभियानका अंगहरु, रेडक्रसको सिद्धान्त, रक्तदानको महत्व, रगतको आवश्यकता, रक्तदान गर्ने विधि र प्रकृया, रेडक्रसका निकायहरुमा महिला सहभागिता तथा महिला सदस्यता बृद्धि विषयमा छलफल तथा प्रस्तुतीकरण गरिएको थियो ।
नेरेसो बाँके शाखाकी उपसभापति एवं लैङ्गिक तथा समावेशीकरण समिति संयोजक शान्ति श्रेष्ठको अध्यक्षतामा सम्पन्न गोष्ठीमा मन्त्री अजीजअहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले विचार राख्नु भएको थियो भने उपनिर्देशक दोलखबहादुर डाँगीले गोष्ठीको उद्धेश्यमाथि प्रकाश पार्नु भएको थियो । गोष्ठीको सहजीकरण बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, जनसम्र्पक अधिकृत सरिता सिंह र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »