सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा श्रोत नखुलेको २६ लाख सहित कर अधिकृत पक्राउ

नेपालगन्ज, नेपालगन्ज विमानस्थलबाट काठमाडौं प्रस्थान गर्न लागेका एकजना सरकारी कर्मचारीलाई प्रहरीले २६ लाख नगद रुपैयाँसहित पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीका अनुसार आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङमा कार्यरत राजश्व अधिकृत खगेन्द्र सापकोटालाई श्रोत नखुलेको नगद सहित पक्राउ गरिएको हो । सोमबार विहान काठमाडौं उडान गर्नेक्रममा विमानस्थलमा एक्सरे जाँचमा नगद बरामद भएको प्रहरीले जनाएको छ । सापकोटा बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए ।

चेकजाँचको क्रममा अधिकृत सापकोटासँगै रहेका अर्का अधिकृत दिपक पौडेल फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सापकोटालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले कारवाही र थप अनुसन्धानका लागि विभिन्न निकायसँग समन्वय गरिरहेको डिएसपी डाङ्गीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »