सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवी सुवास तिमल्सिनाबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य उपकरण सहयोग

सिन्धुपाल्चोक । ‘हाम्रो सिन्धुपाल्चोक हाम्रो शान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मूल नाराका साथ स्थापित सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरले हरितालिका तिजको अवसर पारेर सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रेसर नाप्ने उपकरण हस्तान्तरण गर्ने अभियानको थालनी गरेको छ ।
यो अभियान सफल गराउन यूवा समाजसेवी बलेफी गाउँपालीका वडा नं–८ निवासी सुबास तिमल्सिनाले बलेफी गाउँपालीका वार्ड नं– ६,७ र ८ का सम्पूर्ण महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई ब्लड प्रेसर नाप्ने उपकरण सहयोग गर्नु भएको छ ।
उहाँहरुको सहयोगका लागी सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज हार्दिक आभार प्रकट समेत गरेको छ ।
हाल सम्म ७२ थान ब्लड प्रेसर नाप्ने उपकरणका लागी १ लाख ४४ हजार सहयोग प्राप्त भईसकेको छ भने हातेमालो गर्न चाहाने संघ संस्थालाई सम्पर्कमा आउन समेत सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले सबैलाई आह्वान गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »