सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जिनियस म्युजिक अवार्डमा सर्जक तथा कलाकार बिजेन्द्र नौबागे सम्मानित

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।


भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको समारोहमा कलाकार तथा सर्जक बिजेन्द्र नौबागे लाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको समारोहमा कलाकार तथा सर्जक बिजेन्द्र नौबागे लाई निर्णायक को भुमिका मा अनुबन्धी गरिएको थियो भने आयोजक ले निर्णायक को कदर गर्दै सम्मान गरेको थियो ।


कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । समारोहमा हिमालय टाइम्सका कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानले विभूषित गरिएको थियो ।


सोहीअनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको अवार्डका अध्यक्ष रमेश पाठकले बताउनुभयो ।


अवार्डको प्रमुख निर्णायकमा संगीतकार भानुभक्त ढकाल हुनुहन्थ्यो भने निणार्यकमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य पुरु लम्साल, कोरियोग्राफर जोगेन्द्र केसी, संगीतकार रिमेश कुमार, रचनाकार राधिका अधिकारी,गायीका मन्जु थापा गुरुङ,मोडल बिजेन्द्र नौबगें,निर्देशक होम धिताल र नायक सविन श्रेष्ठ रहनुभएको थियो ।


कार्यक्रममा गायक आनन्द कार्की, संगीतकार कल्याण सिंह, चलचित्र निर्देशक शिवम् अधिकारी, इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेल, गायक भुवन प्यासी, भिडियो निर्देशक एकिन्द्र सारा शंकर,गायक सौगातजंग थापा,बिनोद बम भिडियो इडिटर,पुजा ठकुरी गीतकार,देव महतो मोडल,पारस अधिकारी नृत्यकार,हरि ठकुरी समाजसेवी तथा व्यवसायी,मञ्जु लावती लोकदोहोरी गायिका,मेकअप आर्टिष्ट टेकराज पाण्डेलगायतलाई सम्मान गरिएको थियो ।

कमेडियन हिमेश पन्त,अदिती श्रेष्ठ,बाल कलाकार जेनिश उप्रेती,गायक डेबिट शंकरको प्रस्तुति रहेको समारोहमा विकास आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण जानुका ढकाल, नायव विकास आयुक्त नवराज प्याकुरेल,चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ गीतकार कृष्णहरि बराल, वरिष्ठ कलाकार लय संग्रौला, सामाजिक अभियान्ता डा.सीता ढुंगाना, वरिष्ठ हाँस्य कलाकार उत्तम केसी, सुभाष गजुरेल गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ गायिका देविका वन्दना, निर्देशक उज्ज्वल केसी, निर्देशक ईश्वर गुरुङ, नायक तेज गिरी सञ्चारकर्मी राज लुइँटेल, गीता अधिकारीलगायतका अतिथिले अवार्ड विजेतालाई अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा जुरी सदस्य र अथितिलाई प्रशंसा पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »