सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वर्गिय राजा बीरेन्द्रको शालिक पुर्नस्थापना गर्न सक्रियता


नेपालगन्ज , ‘मातृभुमी नव निर्माण अभियान’ नेपालले स्वर्गिय राजा बीरेन्द्रको शालिक पुर्नस्थापनाका लागि आफ्नो सक्रियता कायम राखेको छ । राजा बीरेन्द्रको शालिक पुर्नस्थापना समिति नेपालगन्ज, बाँकेको तर्फबाट संयोजक एव्म अभियन्ता तेजबिक्रम शाहले नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई आइतबार भेटेर आग्रह गरेका हुन् ।


शालिक पुर्नस्थापनाको लागि बाँकेका राजनीतिक दलहरुको समर्थन जुटाउन बृहत अन्तरक्रिया सम्पन्न गर्न उपमहानरपालिकाले संयोजन र सहजीकरण गरिदिन अनुरोध सहितको पत्र हस्तान्तरण गरिएको उनले बताए । नगर प्रमुख विष्ट यस विषयमा सकारात्मक देखिएको शाहले सुनाए ।


नेपालगन्जको बीरेन्द्र चोकमा शालिक पुर्नस्थापना गर्नुअघि सबै पक्षसँग अन्तरक्रिया गर्ने समितिको तयारी छ । ‘यो अभियानलाई सफल पार्नमा हामी हतार पनि गर्ने छैनौं, अबेर पनि हुन दिइने छैन भन्ने विश्वास हाम्रा शुभचिन्तकहरु समक्ष अनुरोध पनि गर्दछु,’ उनले भने ।
स्वर्गिय राजा बीरेन्द्रको पूर्णकदको शालिक स्थापना गर्ने समितिको तयारी छ । समितिले केहीदिन अघि पत्रकार सम्मेलन समेत गरेर यसबारेमा जानकारी दिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »