सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एसबीसी एसियन युथ र जुनियर बक्सिङ च्याम्पियनसिपका लागि नेपालगन्जका शाही चयन


नेपालगन्ज, कजाकिस्तान मा शुरु हुन गई रहेको एसियन युथ र जुनियर बक्सिङ च्याम्पियनसिपका लगी नेपालगञ्ज बाँके धम्बोजी बस्ने चन्दन शाही चयन भएका छन् ।


हालै ललितपुरमा भएको युथ र जुनियर बक्सिङ च्याम्पियनसिपमा बाँके जिल्लाका दुई जना खेलाडी आफनो सहभागी भएका थिए । जसमा जुनियर तर्फ बाट ४६ किलाेमा चन्दन शाहीले गोल्ड मेडल र युथ तर्फ बाट ५१ किलोमा शुभम् जंग शाह सिल्भर मेडल जितेका थिए। उत्कृष्ट खेलाडी बनेका शाही कजाकिस्तानमा हुने एसबीसी एसियन युथ र जुनियर बक्सिङ च्याम्पियनसिप खेल्नका लागि छनौट भएका छन ।
अन्तर्राष्ट्रियस्तरको खेलकुदमा नेपाल राम्रो प्रदर्सन गर्दै आईरहेको छ हाम्रो खेलाडी कजाकिस्तानमा राम्रो प्रदर्शन गर्ने एसबीसी एसियन जुनियर बक्सिङ्ग च्याम्पियनसिप जितेर देशको लागि गोल्ड मेडल ल्याउने नेपाललाई विश्व भरि चिनाउने हाम्रो उद्देश्य रहेको प्रशिक्षक दुर्गा गहतराजले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »