सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माईती ब्रान्डको टिकटकमा प्रथम हुनेलाई दशहजार नगद एक बाक्सा माईती झोल

काठमाडौं । बिभिन्न उद्योगमा उत्पादित बस्तुहरुलाई बजारिकरण गर्न सामाजिक सन्जालको प्रयोगले निकै महत्वपुर्ण भुमिका खेलेको छ ।
खुसी ईन्डष्ट्रिज प्रा.लि.ले उत्पादन गरेको माईती ब्रान्डको भाँडा टल्काउने झोलको बजारिकरण गर्न टिकटकको प्रयोग गरेको छ ।
नेपाली महिलाहरुको महान चाडको रुपमा लिईने हरितालिका तिज को उपलक्ष्यमा माईती ब्रान्डले आफ्नो जिंगलमा टिकटक बनाएर पोष्ट गर्ने मध्य सर्वोकृष्ट ५ जनालाई पुरस्कार दिने घोषणा गरेको थियो । सोहि अनुरुप आज ५ जनालाई सम्मान गरिएको छ ।
खुसी ईन्डष्ट्रिज प्रा.लि.का संचालक शुसिल तामाङको सभापितत्वमा भएको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघकी काठमाडौं जिल्ला अध्यक्ष सिता कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
युवा ब्यवसायी तथा युवा नेता सुवास लामाको बिषेश आतिथ्यता र खुसी ईन्डष्ट्रिज प्रा.लि.का कानुनी सल्लाहकार परशुराम घिमिरे लगायतका ब्यक्तित्वहरुको आतिथ्यता रहेको कार्यक्रम युवा विद्यार्थी पवन खत्रीले सन्चालन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य खुसी ईन्डष्ट्रिज प्रा.लि.की सदस्य गंगा सापकोटाले दिएकी थिईन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघकी काठमाडौं जिल्ला अध्यक्ष सिता कार्कीले सरकारको अस्प्रष्ट नीतिका कारण स्वदेशमै केहि गरौं भन्ने स्वरोजगार मुलक ब्यवसायीहरु मारमा परेको बताएकी छिन् ।
कुन ब्यवसाय कुन निकायमा दर्ता गर्ने भन्नेमै अलमल हुनाले एउटै ब्यवसाय चार पाँच ठाउँमा दर्ता गर्दा र राजश्व तिर्दा ब्यवसायीहरु मारमा परेको उनको तर्क थियो ।
ब्यवसायीक हक हितको लागि आफु निरन्तर लागि रहेकोले ब्यवसायीहरु एकजुटभएर लाग्न उनले आह्वान समेत गरेकी थिईन् ।
राज्यले ब्यवसायीहरुको हक हितमा भनेर गरेको लगानि कि माफियाहरुको हातमा पुगेको छ कि बालुवामा पानि हाले झैं भएको छ ।
कार्यक्रमका बिषेश अतिथि युवानेता तथा ब्यवसायी सुवास लामाले आफुले अझ सम्म पासपोर्ट बनाएको छैन,नेपालमै केहिगर्न सकिन्छ भनेर भन्दा हलका सबै अचम्मित भएका थिए ।
लामाले अमेरिका,युरोप ,अष्ट्रेलिया त घुम्न जाने हो भने पछि हलले तालि बजाएर लामाको भनाईलाई समर्थन गरेको थियो ।
युवाहरुलाई स्वदेशमै रोक्ने जिम्मा आफुहरुको काँधमा आएकोले यसरी स्वदशै स्वरोजगार बन्ने उद्योगहरु संग हतामा हात मिलाएर अगाडी बढ्नु पर्ने लामाको भनाई थियो ।
गोकर्णेश्वर नगरपालिका,नाम्गेल चोकमा रहेको नेवारी खाजा घर एण्ड छोइला जक्सनमा गरिएको एक कार्यक्रममा माईती ब्रान्डले आफ्नो जिंगलमा टिकटक भिडियो बनाएर पोष्ट गर्दा एकतिसहजार सातसय जनाले हेरेर परशुराम घिमिरे ले पाँचौं र चौथो स्थान हासिल गरेका छन् । यसै गरि श्रेया फ्युवाले पोष्ट गरेको भिडियो उनान्पचास हजार पाँचसय जनाले हेरेर तेस्रो भएकी छिन् भने चउन्नहजार तिनसय जनाले हेरेर शुस्मु तामाङ दोस्रो बनेकी छिन् । टसी शेर्पाले पोष्ट गरेको भिडियो साठीहजार आठसय जनाले हेरेर उनीले प्रथम स्थान हासिल गर्न सफ बनेकी थिईन् ।
खुसी ईन्डष्ट्रिज प्रा.लिको तर्फबाट प्रथमहुनेलाई दशहजार नगद सहित एक कार्टुन माईती ब्रान्डको भाँडा माझ्ने झोल ,दोस्रो हुनेलाई पाँचहजार नगद सहित छ वटा माईती ब्रान्डको भाँडा माझ्ने झोल,तेस्रो हुनेलाई छ वटा माईती ब्रान्डको भाँडा माझ्ने झोल, चौथो र पाँचौ हुनेलाई तिन तिन वटा माईती ब्रान्डको भाँडा माझ्ने झोल प्रदान गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »