सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बरिष्ठ ब्युटिशियन महराले गरिन गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक उद्घाटन

काठमाडौ । काँडाघारी बिरेन्द्र चोकमा रहेको अर्जुन कम्प्लेक्समा बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै गरिमा युनिसेक्स सैलुन एण्ड गरिमा बुटिक सञ्चालनमा आएको छ ।

गरिमा युनिसेक्स सैलुन उद्घाटन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिव महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा गरिन् । महराले रिबन काटेर गरिमा युनिसेक्स सैलुन एण्ड बुटिकको औपचारिक सुभारम्भ गर्दै यसका सञ्चालकलाई सफलताको शुभकामना दिइन् ।

विशेषगरी महिलाको व्यक्तित्व र नेतृत्व विकास सम्बन्धमा बुटिकले धेरै अर्थ राख्छ । यसले महिलाहरुको व्यक्तित्व विकाससँगै उनीहरुलाई स्वरोजगार बनाउन पनि भूमिका खेलिरहेको छ,’ महराले बताउनुभयो । गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालकलाई व्यवसायिक रुपमा पनि यसले फाइदा पुर्‍याओस् । बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा व्यवसाय संचालन गर्दै आएकी गरिमा केसीले गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक संचालनमा ल्याएकी हुन ।

सुबिधा सम्पन्न व्यवस्थित नि:शुल्क पार्किङ एवं आधुनिक सेवा सुविधा उपलब्ध भएको अर्जुन कम्प्लेक्समा रंगशाला स्पोर्ट्स लाउन्ज, न्यू गोल्ड फिजिकल फिटनेस सेन्टर, मुदुला मार्ट, गरिमा युनिसेक्स सैलून, मनोहरा कम्युनिटी फार्मेसी, डेन्टो एक्ट डेन्टल क्लिनिक, द रोयल टेलरिङ्ग , बागमती फेन्सिङ क्लब, स्टेप अप डान्स स्टुडियो, हर्थ एण्ड होम, बार्दली क्याफे लगाएत एकै छानामुनि हरेक प्रकारका सौहार्दपूर्ण वातावरणमा पारिवारिक भेटघाट तथा पार्टी लगाएतको अन्य शुभकार्य गर्न सकिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »