सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टि—ट्वान्टी ह्विलचेयर एशिया कप क्रिकेट प्रतियोगिता २०२३ उद्याटन सम्पन्न

काठमाडौं । टि—ट्वान्टी ह्विलचेयर एशिया कप क्रिकेट प्रतियोगिता २०२३ आयोजक तथा खेलमा सहभागि खेलाडी तथा अफिसियल टिमको उपस्थितिमा किर्तीपुर क्रिकेट मैदानमा आज उद्याटन भएको छ ।
नेपाल क्रिकेट संघ क्यान केन्द्रिय समितिका नव निर्वाचित उपाध्यक्ष रोशन कुमार सिंह को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
खराव मौसमको कारण आजका निर्धारित खेलहरुभने स्थगित भएका छन् ।
सबैकालागि राष्ट्रिय अपांगता खेलकुद संगठन नेपालका अध्यक्ष ललन राउत बरै को शभापतित्वमा भएको कार्यक्रममा नेपालको तर्फबाट प्रमुख ब्यवस्थापक बिकास अधिकारी ब्यवस्थापकिय पक्ष तथा शुभकामना मनतब्य राखेका थिए भने नेपाली टिमका क्याप्टेन हिमाल अर्यालले खेलको बारेमा बोलेका थिए ।
सहभागि सबै देशका टिम क्याप्टेन तथा ब्यवस्थापकहरुले आ—आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै क्यानका नवनिर्वाचित उपाध्यक्ष उपाध्यक्ष रोशन कुमार सिंहले क्रिकेटको बिकास र संबद्र्धधनको लागि क्यानले कुनैपनि कसुर बाँकी नराख्ने तथा हुन सक्ने र मिल्ने सम्मको सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।
खेल मौसमको अवस्थाहेरी निरन्तर चल्ने आयोजक तथा सहआयोजक संस्थाले जानकारी गराएको छ ।
दोस्रो टि—ट्वान्टी ह्विलचेयर एशिया कप क्रिकेट २०२३मा आयोजक पाकिस्तान, सह आयोजक नेपाल, भारत, बंगलादेश र श्रीलंका गरी पाँचवटा ह्वीलचेयर क्रिकेट टोली सहभागी हुनेछन् । फाइनल सहित कुल ११ खेल हुने जनाईएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »