सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एनआरएनए उपाध्यक्षका प्रत्यासी केसीलाई कोरियामा भब्य स्वागत

दक्षिण कोरिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्षका प्रत्यासी गणेश केसी आफ्नो पक्षमा समर्थन जुटाउन लागि दक्षिण कोरिया पुगेका छन् ।

एनआरएनएको माहौल बनाउन विश्व दौडाहामा निस्कनु भएको केसी मंगलबार निकै महत्त्वपूर्ण छलफल र सल्लाह र सुझाव प्राप्त गरि हङकङ भम्रण सकेर बुधबार कोरिया पुग्नु भएको छ ।

आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित भ्रमणमा निस्कनु भएका केसीलाई दक्षिण कोरियाका अध्यक्ष बुद्ध गुरुङ, एनआरएनए संस्थापकहरू गंगा राई ,बिनोद कुँवर,केपी सिटौला,लक्ष्मी गुरुङ, जेएसएस अध्यक्ष भजेन्द्र क्षेत्री लगायतका व्यक्तिहरुले स्वागत गरेका थिए ।

एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसी उपमहासचिव रहनु भएका केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय हुनुहुन्छ ।
केसीले सन् २०११/०१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व समाल्नु भएको थियो । तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न केसी सफल हुनु भएको थियो । त्यती मात्र नभई अष्ट्रेलियामा अती नै लोकिप्रय मानीएको सामाजीक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गर्न सफल हुनु भएको थियो ।
एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »