काठमाडौं । सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको शुभकामना आदान प्रदान सम्पन्न भएको छ ।
बानेश्वर थापागाउँ स्थित काठमाडौं बेङ्क्युटमा भएको कार्यक्रम नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रतिनिधिसभाका पुर्व सभामुख अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का उप महासचिव गिरिराजमणी पोख्रेल, प्रतिनिधिसभा सदस्य माधव सापकोटा (सुबोध),हिमाल शर्मा,अमृता नेपाल,राजकाजी महर्जन,चन्द्र बहादुर थापा,प्रेम सापकोटा,गंगा पराजुली,गोविन्द पराजुली,गणेश बि.क.,टि.एन. सापकोटा,ठुलोबाबु श्रेष्ठ,चिरन्जिवी आचार्य,महेन्द्र घोरासैनी,भिमसेन काफ्ले,रामकृष्ण श्रेष्ठ,विदुर चौलागाई,मिथिला सिग्देल,उषा दाहाल,कल्पना कुँवर,जानुका पराजुली,मुनादेवी ढकाल,प्रताप सिं तामाङ,अम्बिका नेपाल,एविन्द्र पराजुली,शेर बहादुर कार्की,कराँतेका अन्तराष्ट्रिय रेफ्री ओम्पु लामा लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।
नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष जयराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रम समितिका सचिव तोक बहादुर गधराज (तोकेन्द्र)ले गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै जिल्ला उपाध्यक्ष महेशलाल श्रेष्ठले माओवादीले आफले गरेकै काम पनि आम नागरिकको बिचमा लैजान नसक्दा पछि परेको बताउँदै यसपालिको चाडवाड मनाउन गाँउ जाँदा जनतासंग घुलमिल हुन तथा स्थानिय पार्टी समिति संग जोडीएर काम गर्न सम्पर्क समन्वयका सदस्यहरुलाई आह्वान समेत गर्नु भयो ।
कार्यक्रममा आर्थिक व्यवस्थापनको संयोजकमा जिल्ला समितिका कोषाध्यक्ष शुदर्सन लम्साल र प्रतिनिधिसभा क्षेत्र नम्बर एकका ईन्चार्ज सुवास लामा रहनु भएको थियो भने , हल तथा अन्य व्यवस्थापन जिल्ला उपाध्यक्ष महेशलाल श्रेष्ठले गर्नु भएको थियो ।
नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रतिनिधिसभाका पुर्व सभामुख अग्नि प्रसाद सापकोटाले व्यबहारवाद र अनुभववादले नेतृत्व गरे पछि विचारहरु निष्कृय जस्तै देखिनु स्वभाविक भएको र यस्तै भई रहने हो भने पृथ्वी ध्वस्तहुन धेरै समय नलाग्ने बताउनु भएको छ ।
नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको दशैं ,तिहार,नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्ने क्रममा ऐले भईरहेको ईजराइल र प्यालेस्टायनको युद्ध तर्फ संकेत गर्दै नेता सापकोटाले यस्तो बताउनु भएको हो ।
माओवादी भित्रपनि पठन संस्कृतिको लोप हुँदै गएको देखेर आफुलाई दुःख लागेको नेता सापकोटाले बताउनु भयो । परिस्थिति अनुसार कतै व्यबहार र कतै अनुभव प्रधान भएको जस्तो देखिएपनि अन्तत विचारले नेतृत्व गर्न सकिएन भने त्यो अराजकता तिर जाने निश्चित हुने नेता सापकोटाको भनाई रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले सिन्धुपाल्चोक जिल्लालाई अगाडी बढाउन आफु लागि रहेको तथा चुनावका समयमा गरिएका प्रतिबद्धताहरु पुरागर्न खोजिएको बारेमा जनतालाई थाहा हुनु पर्ने बताउनु भयो ।









