सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राप्रपाका प्रभावशाली युवा नेता मोहम्मद सफिक बेहना र बर्माले गरे नेकपा एमाले प्रवेश


नेपालगन्ज, नेपालगन्जमा सक्रिय राप्रपाका युवा नेता मोहम्मद सफिक बेहना एमाले पार्टीमा प्रवेश गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का पुर्ववडाअध्यक्ष समेत रहेका उनलाई नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।


२०७४ सालमा नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्य समेत भएका बेहना राप्रपा महामन्त्री डा धवलसम्शेर राणाको विश्वास पात्र मानिन्थ्ये । तर, पछिल्लो समयमा पार्टीभित्रै असहयोग हुन थालेपछि उनी रुष्ट देखिएका थिए ।


नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा पनि नेता बेहना राप्रपाबाट बिद्रोह गरेर फरक समुहबाट उद्योग उपाध्यक्षका उम्मेदवार बनेका थिए । उनी राप्रपाभित्र इमान्दार र कुशल युवा नेताको रुपमा चिनिन्थ्ये । नेता बेहनासँगै राप्रपा निकट युवक संघका केन्द्रिय सदस्य एवम् नेपालगन्ज उपमहानगरपालिका सचिव रविशंकर बर्मा पनि एमालेमा प्रवेश गरेका छन् ।
दुबै युवा नेतालाई पार्टी प्रवेश गराउने क्रममा एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसदद्धय सुर्य ढकाल र दीपा शर्मा तथा जिल्ला नेता मिनबहादुर मल्ल पनि उपस्थित भएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »