सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भुकम्प पीडित राहत कोषमा रु ५ लाख सहयोग उपलब्ध गराउने बलेफी गाउँपालिकाको घोषणा

काठमाडौं । २०८० कार्तिक १७ गते राती ११ः४७ मा जाजरकोट जिल्ला रामीडाडा केन्द्रबिन्दु भई ६.४ म्याग्निच्युटको भुकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति लाई राहत होस् भन्ने अभिप्रायले सिन्धुपाल्चोक जिल्लाको बिभिन्न स्थानियतहहरुले सहयोगको घोषणा गरेका छन् ।
सो अवस्थालाई ध्यानमा राख्दै विपद्का बेला एक अर्कोको सहयोग महत्त्वपूर्ण हुने हुनाले भूकम्प पिडित जाजरकोट र रुकुम पश्चिमको लागि राहत सहयोग स्वरुप सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिकाको तर्फबाट राहत कोषमा रु ५ लाख सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
गाउँपालिकाले भुकम्पमा परी मृत्यु हुनेहरु प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै घाइतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामनाका साथै यो पिडाको अवस्थामा धैर्यता नगुमाई पुनः पूर्ववत अवस्थामा फर्कन शक्ति प्राप्त होस् भन्ने पनि कामना समेत गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »