सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायीका शशिकला मोक्तानको अमेरिका यात्रामा पत्रकार मिलन लामाको साथ

काठमाडौं । बसाईको शिलशिलामा अमेरिका पुगेका पत्रकार तथा साराखवरको सन्चालक मिलन लामा दोङ र तामाङ समुदायको चर्चित गायीका शशिकला मोक्तानको भेटघाट तथा रमाईलोको भिडियोहरु सारा खवर डटकम टिभि मार्फत धमाधम सार्वजानिक भईरहेका छन् ।
अमेरिकाको अलबामासिटीमा रहेको फेरहोप तामाङ कम्युनिटीले आयोजना गरेको म्हेनिङको शुभकामना आदान प्रदान तथा शशिकला मोक्तान एकल साँझ — २०२३ मा गायीका शशिकला मोक्तान र पत्रकार मिलन लामा दोङको भेटघाट भएको अन्तर्वाताको क्रममा गायीका मोक्तानले बताउनु भएको छ ।
शुभकामना आदान प्रदान तथा शशिकला मोक्तान एकल साँझ — २०२३ लाई याक द काठमाडौं किचन फेरहोपले सौजन्य गरेको थियो ।
गायीका मोक्तानले शुभकामना आदान प्रदान तथा शशिकला मोक्तान एकल साँझ — २०२३ मा उपस्थित सबैलाई मनोरन्जन दिएर रमाईलो गर्दै बचेको समय त्यस क्षेत्रमा बसोबास गर्ने समाजसेवी तथा ब्यवसायी सलाम सिं तामाङ र तेमाल सिं तामाङ तथा पत्रकार मिलन लामा दोङ संग बिभिन्न स्थानमा भ्रमण गरेर बिताएको अन्तर्वातामा बताउनु भएको छ । साथै आयोजक टिमलाई हार्दिक आभार समेत ब्यक्त गर्नु भएको छ ।
अमेरिकाको बसाई र भावी योजना बारे पत्रकार संग खुलेर कुरा गर्दै गायीकाले नेपाल आफ्नो जन्मभुमी भएकोले कहिल्यै भुल्न नसक्ने बताउनु भएको छ ।
ल्होसारको गीत निकाल्ने तयारीमा रहेको मोक्तान चाँडै नेपाल फर्कने सोचमा रहेको बुझीएको छ ।
अन्तरवार्ताको भिडियो हेर्न

भर्खरै

सम्बन्धित खबर

Language »