सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ओमानसँग सुपर ओभरमा पराजित हुँदै नेपाल टी—२० विश्वकप छनोटको उपाधि को उपविजेता बन्यो

काठमाडौं । आइसिसी टी—२० विश्वकप एसिया छनोटको उपाधि भिडन्तमा ओमानसँग सुपर ओभरमा पराजित हुँदै नेपाल टी—२० विश्वकप छनोटको उपाधि को उपबिजेता बनेको छ ।
आइतबार भएको उपाधि भिडन्तमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो । जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड पछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा नेपालका लागि अभिनास बोहराले बलिङ गरेका थिए । उनले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा ओमानका नीशम खुसीले छक्का हिर्काए । तेस्रो बल डट भयो । चौथो बल पनि छक्का भयो । त्यसपछिको बल वाइड भयो । पाँचौ बलमा ओमानले छक्का हिर्कायो । अन्तिम बलमा एक रन लिँदा ओमानले २१ रन जोड्यो ।
सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याउदा नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आए । बलिङमा ओमानका बिलाल खान थिए । तर पहिलो बलमै कुशल क्याच आउट भए ।
त्यसपछि ब्याटिङमा आएका कुशल मल्लले दोस्रो बलमा रन लिन सकेनन्। तेस्रो बलमा मल्लले एक रन मात्र लिन सके । चौथो बलमा गुल्सन झाले एक रन लिए । पाँचौ र छैटौं बलमा गुल्सनले चौका हिर्काएपछि नेपालले १० रन मात्र जोड्न सक्यो ।
त्यसअघि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो। जसमा नेपालका सन्दीप लामिछानेले पहिलो बलमा एक रन दिँदा दोस्रो र तेस्रो बलमा विकेट लिए। ओमानका लागि चौथो बलमा फयज बटले एक रन र पाँचौ बलमा नदीमले चौका प्रहार गरे ।

अन्तिम बलमा दुई रन लिनु पर्ने स्थितिमा ओमानले एक रन मात्र जोड्न सक्यो । दुई रन लिने क्रममा ओमानका फयज बट रनटआउट भए । ओमानका लागि कश्यप प्रजापतिले ६३ रन जोडे ।
१८औं ओभरमा नेपालका अभिनास बोहराबाट क्याचआउट हुनुअघि उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । १९औं ओभरको पहिलो बलमा ओमानका निशम खुसीलाई करण केसीले १ रनमा विवेक यादवबाट क्याच आउट गराए । करणले पाँचौ बलमा मेहरान खानलाई विवेककै हातबाट १० रनमा आउट गरे । तर सो ओभरमा करणले १८ रन खर्चिदा नेपालमाथि दबाब बढेको थियो । त्यसअघि विवेकले ओमानका कप्तान जीशन मक्सुदलाई २६ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए ।
यस्तै गुल्सन झाले ओमानका अबिक इल्यासलाई ३३ रनमा सन्दीप जोराबाट क्याच गराए । अकिबले दशौं ओभरमा आउट हुनुअघि दोस्रो विकेटका लागि कश्यप प्रजापतिसँग ६७ रनको साझेदारी गरे। ओमानका प्रतिक अथाभलेलाई नेपालका सोमपाल कामीले तेस्रो ओभरको अन्तिम ओभरमा ७ रनमा एलबिडब्लूको धरापमा परे। सोमपालले सो ओभररको पहिलो पाँच बलमा तीन चौकासहित १७ रन खर्चिएका थिए । बलिङमा नेपालका सन्दीप र करणले २(२ विकेट लिए । आइतबार बिहान कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यक्रमका ब्याटस्मयानद्वय गुल्सन झा र रोहितकुमार पौडेलको अर्धशतकमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोड्यो ।
कमजोरस्थितिमा रहेको नेपालको रन उकास्ने क्रममा गुल्सनले २५ बलमा ५४ रनको योगदान गरे । गुल्सनले ५ चौका र ४ छक्का प्रहार गर्दा नेपालको रन स्कोर बढेको थियो । उनले पाँचौ विकेटका लागि कप्तान रोहित कुमार पौडेलेसँग ७८ रनको साझेदारी गरे । गुल्सन दशौं ओभरमा कुशल मल्ल ३ रनमा आउट भएपछि मैदान छिरेका थिए। मल्ल आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ६० रन जोडेको थियो। गुल्सनसँगै कप्तान रोहित पौडेलको अर्धशतक पनि नेपालका लगि महत्वपूर्ण सावित भयो । रोहितले नटआउट ५२ रन जोडे । उनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै करण केसीले नटआउट २० रन जोडे । करणले ५ बलमा १ चौका र २ छक्का प्रहार गरे ।
नेपालले अन्तिम ओभरमा ओमानका फयज बटलाई २४ रन प्रहार गरेको थियो । पहिलो १० ओभरमा ६० रन जोडेको नेपालले पछिल्लो १० ओभरमा १२४ रन जोडेको थियो । नेपालले ८ ओभर नसकिदै महत्वपूर्ण ३ विकेट गुमायो । ओपनिङ ब्याटर आसिफ शेख तेस्रो ओभरमा विलाल खानको बलमा ६ रनमा क्याच भए । सातौं ओभरमा सन्दीप जोरा १० रनमा जीशन मक्सुदबाट बोल्ड भए । आठौं ओभरको पहिलो बलमा नेपालले ओपनर कुशल भुर्तेललाई ३१ रनमा गुमायो । अकिब इल्यासको बलमा क्याच हुनुअघि उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । विवेक यादवले १९औं ओभरमा छैटौं विकेटको रुपमा आउट हुनुअघि १ रन मात्र जोड्न सके। बलिङमा ओमानका विलाल खानले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । दुवै टिमले यसअघि सेमिफाइनल जित्दै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिका हुने टी—२० विश्वकपमा स्थान पक्का गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »