सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको जानकी ३ मा नागरिकताको अनुसूची निःशुल्क


नेपालगञ्ज, बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ इन्द्रपुरले नेपाली नागरिकताको प्रमाणपत्रका लागि आवश्यक अनुसूची फाराम निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।


वडाध्यक्ष राजकुमार कुर्मीले वडाबाट गरिने सिफारिसका लागि सेवाग्राहीलाई आवश्यक कागजातको प्रतिलिपी सुविधा पनि वडाबाटै उपलब्ध गराउने निर्णय भएको बताउनुभयो । वडाबासीलाई सहज होस भनेर वडा कार्यालयले निर्णय गरेको कुर्मीले बताउनुभयो । यसबाट वडाबासीले लाभ लिन सक्ने वडा कार्यालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »