सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रकाश वाईवाको “ब्रेल्साङ लाइ म्हान्जी”गीतको भिडियो सार्वजानिक हुने तयारीमा

काठमाडौं । तामाङभाषाको गीत संगीतमात्र नभएर थुप्रै नेपाली भाषाको गीत संगीतमा समेत काम गरिसकेका प्रकाश वाईवा र चर्चित गायीका जितु लोप्चनको स्वर रहेको “ब्रेल्साङ लाई म्हान्जी”गीतको भिडियो सार्वजानिक हुने तयारीमा रहेको छ ।
गीतमा जापन बस्दै आएका प्रज्वल दोङको शव्द लाई प्रयास तामाङको संगीतमा सानुबाबु घिसिङले एरेन्ज र मिक्सिङ गरेका हुन् ।
तामाङभाषाको फिल्म क्षेत्रमा महानायकको रुपमा चर्चा कमाएका आमिर दोङले निर्देशन गरेको यस म्युजिक भिडियोमा अमिर दोङ तामाङ,संजिव गोले,याङ्गी दोङ तामाङ,जमुना वाईवाको मुख्य अभिनय रहेको छ ।
यो भिडियोको छायंकन त्रिलोक वाईवाले गरेका हुन् । भिडियो यहि शुक्रवार सार्वजानिक गरिने तयारी रहेको गायक प्रकाश वाईवा तामाङले सारा खवरलाई जानकारी गराएका छन् ।
तोर छ्योङ मार छ्योङ,घरमेरो सिन्धुली,यो हाम्रो ल्होछार जस्ता गीतहरुमा काम गरिसकेका वाईवाले लामो समयको अन्तरालमा यो गीत मार्फत पुन गीत संगीत क्षेत्रमा पाईला अगाडी बढाएका हुन् ।
लामो समयको अन्तरालमा पस्किन लागेको यो प्रस्तुतीलाई माया गरिदिन गायक वाईवाले आम दर्शकहरुलाई अनुरोध समेत गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »