सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुर्गा प्रसाईँको आन्दोलनमा सहभागिहरुको प्रहरीबाट स्क्रिनिङ्ग गर्न शुरु :प्रहरीमाथि आक्रमण गर्नेलाई मुद्धा चलाउने तयारी


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनलाई रोक्न गृह प्रशासनले उनका समर्थकलाई जहाँ भेट्यो, त्यहीँ नियन्त्रणमा लिने तथा सहभागिहरुको स्क्रिनिङ्ग गर्दै प्रहरीमाथि आक्रमण गर्नेलाई मुद्धा चलाउने समेत निती लिएको छ ।
बिहीबार बल्खु क्षेत्रमा शक्ति प्रदर्शन गरेर उत्साहित प्रसाईंले आन्दोलनको निरन्तरता स्वरुप शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंले अनुमति नलिएको भन्दै तितरवितर पार्न प्रहरीलाई निर्देशन दियो ।
स्रोतका अनुसार, गृह मन्त्रालयले प्रसाईंलाई कार्यक्रम गर्न नदिन भन्दै आदेश दिएपछि प्रशासनले शुक्रबार बिहानै उनले अनुमति नलिएको भन्दै सूचना जारी गरेको थियो ।
स्थानियहरुको सहभागिता नरहेको कारण उपत्यका बाहिरबाट आएका आन्दोलनकारीहरु धेरैदिन टिक्न नसक्ने प्रहरीले आँकलन गरेको छ । यो आन्दोलन बढीमा ३ दिन सम्म मात्रहुने प्रहरी श्रोतको दावी छ ।
जाडो महिना भएकोले पनि आन्दोलनको ब्यवस्थापनमा कठीनाई भई आन्दोलन छिटो टुङ्गिने प्रहरीको आँकलन रहेको छ ।
तीनकुनेमा प्रदर्शनका लागि भन्दै आएका कम्तिमा ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको खबर प्राप्त भएपनि दुर्गा प्रसाईलेभने आफ्नो पत्रकार सम्मेलन मार्फत अझ धेरै समर्थकहरु पक्राउ परेको बताएका छन् ।
पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का र मनिन्द्रराज भण्डारी सहित ५ जना नेताहरु रहेका छन् ।
प्राप्त सूचना अनुसार, पक्राउ पर्नेहरुमा विनिता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिल्वाल, आङ्निमा शेर्पा, नवराज अधिकारी, तेजनारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली छन् । त्यस्तै उमेश आले मगर, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरि थापा राजु भारती, प्रेमप्रसाद घिमिरे, यमकुमार मैनाली, हरिप्रसाद दाहाल, दिलबहादुर घिमिसङ, धन सिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र सबिता क्षेत्री पनि पक्राउ परेका छन् ।
बाटोबाटै नियन्त्रणमा लिन थालेपछि प्रदर्शनमा सहभागी नहुने बुझाइ अनुसार, प्रहरीलाई धरपकड गर्न निर्देशन दिइएको स्रोत बताउँछ । त्यसक्रममा सडकमा हिँड्दा समेत पक्राउ गरिएको पक्राउ परेका कतिपयको दाबी छ । पक्राउ परेका अधिकांशलाई प्रहरी वृत्त, बानेश्वर परिसरमा राखिएको थियो । केहीलाई जिल्ला प्रहरी परिसर, टेकुमा राखिएको थियो ।
उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाका अनुसार, पक्राउ परेकाहरुलाई शुक्रबार साँझसम्ममा स्क्रीनिङ गरेर प्रहरीमाथि आक्रमण गर्नेलाई मुद्दा चलाउने र बाँकीलाई छाडिने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »