सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा यात्रु बोक्ने रातो नम्बर प्लेटका इ-रिक्सा मंसिर २३ देखि गुड्न नपाउने


नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाभित्र यात्रु बोक्ने रातो नम्बर प्लेटका इ(रिक्सा मंसिर २३ गतेदेखि गुड्न नपाउने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाहरुको बैठकले रातो नम्बर प्लेटलाई कालो बनाउन मंसिर २२ गतेसम्मको समय दिने निर्णय गरेको हो ।


नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कार्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातोलाई कालो नम्बर प्लेट बनाउन दिने निर्णय गरेको थियो । उक्त अवधि मंसिर १५ गते समाप्त हुने भएपनि थप ७ दिन समय दिएर मंसिर २३ गतेदेखि भने रातो नम्बर प्लेटलाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । ूसमय त मंसिर १५ सम्म मात्रै दिइएको हो, त्यसपछिको एक हप्ताको समयमा हामी फिल्डमै उत्रिएर रिक्सा चालकलाई सचेत बनाउँछौं, मंसिर २३ देखि भने चल्न दिँदैनौं,ू नगर प्रमुख विष्टले भन्नुभयो ।
अटेर गरेर रातो नम्बर प्लेटका इ-रिक्सामा यात्रु बोके त्यस्ता इरिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी ब्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा होल्डिंग गरेर राखिनेछ । कालो नबनाउँदासम्म ती इ(रिक्सा होल्डिंग सेन्टरमै रहने नेपालगञ्ज उपमहानगरपालिका राजश्व शाखा प्रमुख बिरबहादर थापाले जानकारी दिनुभयो ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बढ्दो सवारी साधनको चापलाई मध्यनजर गर्दै हाललाई त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म चार पांग्रे सवारी साधन जान नदिने निर्णय गरिएको छ । यसैगरी गणेशमान चोकदेखि चारबाहिनी चोकतर्फको सडकलाई पनि वन-वे बनाउने निर्णय गरिएको छ ।
बैठकमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, यातायात व्यवस्था कार्यालय प्रमुख माधव ज्ञवाली, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, बाँके प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, ट्राफिक प्रहरी प्रमुख गोपीकृष्ण सुवेदी, वडा प्रहरी प्रमुख हरिबहादुर विसी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »