सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको आयोजनामा नेतृत्व तथा क्षमता अभिबृद्धि प्रशिक्षण सम्पन्न

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायीहरुको एक मात्र छाता संगठन ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको आयोजनामा आफ्ना केन्द्रिय पदाधिकारी तथा सदस्यहरुको नेतृत्व तथा क्षमता अभिबृद्धिगर्न आयोजित एकदिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको लप्सिफेदि स्थित एक रिसोर्टमा सम्पन्न भएको यस कार्यक्रममा महासंघका काठमाडौं उपत्यकामा उपलब्ध पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठको शभापतित्वमा भएको यो प्रशिक्षण कार्यक्रम अन्तर्गतको उद्घाटन तथा औपचारीक सेसन ग्रील तथा स्टील ब्यवसायी महासंघका महासचिव बिवेकदास श्रेष्ठले सन्चालन गर्नु भएको थियो ।
नेतृत्व तथा क्षमता अभिबृद्धि प्रशिक्षण प्रशिक्षक योगराज थपलियाले दिनुभएको थियो । सरल तथा सहज तरिकाबाट थपलियाले नेतृत्व बिकास,क्षमता बिकास,ब्यवसायीक दक्षता बिकास, संगठनको महत्व तथा जिवन उपयोगि सिदान्तहरु बारे प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रम आयोजना गर्नु पर्ने कारणबारे बोल्दै अध्यक्ष ठुलोबाबु श्रेष्ठले केहि नजानेर भन्दा पनि जानेका काम र कुराहरुलाई लय मिलाएर प्रस्तुत गर्ने कलामा केहि कमी महशुस भएकाले यस्ता कार्यक्रम मार्फत पुनर्ताजगी गराउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रम सन्चालन गर्दै महासचिव बिवेकदास श्रेष्ठले यस्ता कार्यक्रमहरुले महासंघलाई भावनात्मक एकता गराएर अगाडी बढ्न मद्यत गर्ने भएकोले यसको आवस्यकता परेको बताउनु भयो ।
प्रशिक्षक थपलियाले प्रशिक्षणको अन्त्यमा कार्यक्रमबाट सिकेकाकुराहरु ब्यवहारमा लागुगर्न सकेमात्र यो कार्यक्रमलाई न्यायहुने भन्दै श्रोत र साधनको उचित पहिचान र परिचालन गर्न सके यो दुनियामा असम्भव भने केहि नभएको बताउनु भयो ।
कार्यक्रम भाषण गर्ने भन्दा पनि केहि सिक्ने उदेश्यले आयोजना भएकोले यसलाई सिकाई मात्र नभएर जिवन ब्यवहारमा समेत प्रयोग गरेर २१ औं शताब्दिको महामानव बन्न सकिने प्रशिक्षक थपलियाले बताउनु भयो ।
कार्यक्रमको प्रायोजन सिन्धुपाल्चोकका युवा नेता तथा समाजसेवी त्रिपुरासुन्दरी गाउँपालिकाका ब्यवसायी देवराज बस्नेतले गर्नुभएको अध्यक्ष ठुलोबाबु श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमको अन्यमा प्रशिक्षक थपलिया तथा सहयोगदाता बस्नेतलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम भव्यतापुर्वक सम्पन्न गर्न अहम् भुमिका निर्वाह गरेको भन्दै हार्दिक आभार तथा धन्यवाद समेत ज्ञापन गरिएको थियो ।
महासंघले आयोजना गरेका कार्यक्रमहरुले आम ब्यवसायीहरुलाई सहजबाटोमा हिड्न प्ररित गर्ने प्रशिक्षणमा सहभागिहरुले बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »