सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ठगी गरेको आरोपमा शिवशिखर सहकारीविरुद्ध प्रहरीमा उजुरी


सिराज खान
नेपालगन्ज, बाँकेमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको जनाउँदै तीन हजार ३०० जनाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी नारायण डाँगीका अनुसार हालसम्म शिवशिखरविरुद्ध ठगीको उजुरी गरेकाहरूले ४८ करोड ७८ लाख ६४ हजार बिगो दाबी गरेका छन् ।
डिएसपी डाँगीले ५ हजारदेखि ७३ लाख रुपियाँसम्म ठगिएको भन्दै उजुरी प्राप्त भएको बताउनुभयो । उहाँले थप्नु भयो, “केन्द्रीय अध्यक्षसहित नौ जनाविरुद्ध उजुरी परेको छ । हामीले यो विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौँ ।” उहाँका अनुसार पहिलो चरणमा उजुरी आह्वान गरिएकोमा उजुरी प्राप्त भएको छ भने अब थप अनुसन्धान भइरहेको छ ।


बाँकेमा नेपालगन्जको न्युरोड र कोहलपुर लगायतका ठाउँमा शाखा खोलेर शिवशिखरले कारोबार गर्दैआएको छ । बचत फिर्ता गर्न नसकेपछि उक्त सहकारीमा तालाबन्दी गरिएको छ । ठुलो आर्थिक अपचलन भएपछि अहिले सो सहकारी टाट पल्टेको बताइएको छ । बचतकर्ताको लाखौँ करोडौँ रुपियाँ गुम्ने भन्दै बचतकर्ता आन्दोलनमा उत्रेका छन् ।
आर्थिक अनियमिततासँगै कारोबार डामाडोल भएपछि यतिबेला नेपालगन्जको न्युरोडमा सहकारीमार्फत सञ्चालित शिवशिखर मार्ट र कार्यालयमा ताला लगाइएको छ । सुनौलो भविष्यका लागि आफूहरूले खाइनखाई कमाएर जम्मा गरेको पैसा सहकारीले फिर्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बचतकर्ताको भनाइ छ ।
कोहलपुर–१ का विक्रम खड्काले वर्षौँ लगाएर जम्मा गरेको रकम आवश्यक परेका बेला झिक्न नसकेको बताउनुभयो । शिवशिखर सहकारी संस्थाका केन्द्रीय कार्यालय भक्तपुरमा छ । यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको सहकारीका देशभर ३३ भन्दा बढी शाखा छन् ।
उक्त सहकारी संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ चलाएको छ । शिवशिखर सहकारीमा सामान्य आम्दानी भएका, साना व्यवसायी, अटोरिक्सा चालकलगायत मध्यमस्तरका व्यवसायीले बचत गर्दैआएका थिए । पैसा नपाउँदा उनीहरू निराश छन्

भर्खरै

सम्बन्धित खबर

Language »