सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको बैजनाथमा जनतासँग प्रदेशसभा सदस्य खत्री


नेपालगञ्ज, बाँकेको बैजनाथमा नेकपा एमालेले जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम सुरुवात गरेको छ । बाँके क्षेत्र नम्बर ३(१) बाट निर्वाचित प्रदेशसभा सदस्य रत्न खत्री र आम जनताबीच प्रत्यक्ष अन्तरक्रिया हुने गरि एमालेले आईतबार चिसापानीबाट यो कार्यक्रमको सुरुवात गरेको हो ।कार्यक्रममा प्रदेशसभा सदस्य खत्रीले निर्वाचनको समयमा जनताबीच गरिएका प्रतिवद्धता कार्यान्वयन भईसकेको बताउनुभयो । उहाँले जनताबाट प्राप्त सुझावका आधारमा अघि बढ्ने बिश्वास दिलाउनुभयो ।


एमाले प्रदेश कमिटी सदस्य घननाथ खनाल, नेताहरु रुपबहादुर मल्ल,पुणितविक्रम शाह, निर्मला मल्ल, प्रेम सुवेदी सहितको उपस्थितीमा चिसापानीबाट कार्यक्रमको सुरुवात भएको छ । कार्यक्रम अन्तर्गत एकदिनमा एउटा वडाका विभिन्न वस्तीमा जनता र प्रदेशसभा सदस्यबीच दोहोरो संवाद र अन्तरक्रिया हुने गरेको छ ।
प्रदेशसभा सदस्य खत्रीले निर्वाचन सम्पन्न भएको एकबर्षको समीक्षा समेत हुने भएकाले जनताबीच पुगेको बताउनुभयो । बैजनाथमा कार्यक्रम सम्पन्न भएपछि खजुराका वडा नम्बर ५,६,७ र ८ मा पनि यो कार्यक्रम सञ्चालन हुने भएको छ ।
पार्टी कार्यकर्ता र आम जनतासँग निर्वाचनको समयमा गरिएको प्रतिवद्धता कार्यान्वयन भए नभएको बिषयमा आम जनतासँग साक्षात्कारका लागि कार्यक्रम सञ्चालन गरिएको लागिएको नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटीका सचिव प्रेम सुवेदीले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »