सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

३० करोडको लागतमा प्लाष्टिक स्टार पोलीपाईप उद्योग बिस्तार

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ मा दुई करोडको लागतमा निर्माण सुरु भएको स्टार पोलीपाईप इन्डष्ट्रिज उद्योगले लागत बिस्तार गरेको छ ।


स्टार पोलीपाईप उद्योगका अध्यक्ष कमल कार्कीका अनुसार हाल उद्योगको लागत ३० करोड रुपियाँ पुगेको छ । एचडिपिई पाईपबाट उत्पादन गर्दै आईरहेको उद्योगले यस आर्थिक बर्षदेखि सिपिभिसी, पिभिसी, बोरवेल, ड्रेन पाईप र गार्डेन पाईप तथा फिटिङ्सका लागि उद्योगको क्षमता बिस्तार गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।


अध्यक्ष कार्कीले भन्नुभयो, ‘आर्थिक मन्दीको समयमा उद्योगमा लगानी बिस्तार गर्नु चुनौती भएपनि मागका आधारमा लगानी बिस्तार गरेका छौं ।’ करिब डेढ विघा जग्गामा उद्योग स्थापना भई उत्पादन गर्दै आएको बताउँदै अध्यक्ष कार्कीले करिब २० जनाले प्रत्यक्ष रोजगारी पाईरहेको बताउनुभयो । उद्योग बिस्तारपछि रोजगारी पाउनेको सङ्ख्या पनि बढ्नेछ । नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगले गुणस्तरीय पाईप उत्पादन गर्दै आएको जनाएको छ ।
नेपालगञ्जका उद्योगहरुबाट उत्पादित पाईप अधिकाँश कर्णाली तथा सुदुरपश्चिमका पहाडी जिल्लामा खपत हुने गरेको छ । तराईका जिल्लामा पनि खानेपानी आयोजनामा पाईपको प्रयोग हुने गरेको छ ।
बाँकेमा पछिल्लो समय आधा दर्जन यसखालका उद्योगहरु सञ्चालनमा रहेका छन् । खानेपानी र सिँचाईका लागि आवश्यक कालो पाईप निर्माण गर्ने उद्योगहरुले कच्चा पदार्थ भने भारत तथा तेश्रो मुलुकबाट आयात गर्ने गरेका छन् ।
प्लाष्टिक पाईप उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मुल्य बर्षेनी बृद्धि भएपनि स्वदेशमा प्लाष्टिक पाईपको मुल्य न्यूनतम कायम गरिएका कारण बजारमा प्रतिष्पर्धा गर्न कठिनाई भईरहेको उद्योगीहरुको गुनासो छ । (गोरखापत्र अनलाईनबाट साभार)

भर्खरै

सम्बन्धित खबर

Language »