सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जाजरकोटको घाउमा मल्हम लगाउँदै धादिङका समाजसेवी, नागरिक हिरो २०७५बाट सम्मानित दिनेश तामाङ

काठमाडौं । भावनात्मक रुपमा नेपालीहरुको मन कहिल्यै अलग हुन सक्दैन भन्ने उदहारणहरु प्रसस्तै भेट्न सकिन्छ । जब देशको एउटा कुनै भुभागमा प्राकृतिक बिपत्तिहरु आउँछ,संपुर्ण नागरिकहरु त्यो बिपत्तिमा साथ दिन त्यहाँ पुगेका हुन्छन् ।
यतिबेला रुकुम पश्चिम र जाजरकोट भुकम्पको कारण रोई रहेको छ । यो अवस्थाबाट यो क्षेत्रलाई माथि उठाउन यतिबेला हजारौं संघ संस्था तथा समाजसेवीहरु प्रत्यक्ष रुपमा त्यहिँ पुगेर वा नेपाल सरकार मार्फत सहयोग गरिरहेका छन् ।
समाज सेवाको क्षेत्रमा लामो समय देखि सकृय धार्दिङका दिनेश तामाङको समुह पनि यतिबेला बिभिन्न संघ संस्थाहरु संग सहकार्य गर्दै जाजरकोटका बिभिन्न स्थानिय तह संग समन्वय गरेर भुकम्प पीडितहरुको घाउमा मल्हम लगाउने कार्य गरिरहेको छ ।
समाज सेवाको क्षेत्रमा बिभिन्न माध्यमबाट योगदान दिई रहेका तामाङ जाजरकोटका भुकम्पपीडितलाई राहत दिन बिभिन्न सामाग्री सहित जाजारकोटको भेरी नगरपालिका वडा नम्बर १ को घुईलेँटा,रिठ्ठापानी,भुना लगायतको ठाउँमा पुग्नु भएको हो ।
यस क्षेत्रको कारीब १०१ भुकम्प पीडित परिवारलाई त्रिपाल,डस्ना,सिरक लगायतका अतिआवश्यक सामाग्री बितरण गरिएको तामाङले जानकारी गराउनु भएको छ ।
माई हन्ड्रेड पर्सेन्ट क्यानडा तथा नागरिक स्बालम्वन बिकास नेपालको सहकार्यमा त्यस क्षेत्रको स्थानिय सरका संगको समन्वयमा राहत बितरण गरिएको समाजसेवी तामाङले जानकारी गराउनु भएको छ ।

यस राहत वितरण कार्यक्रममा स्थानीय सरकारको तर्फ भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्ती, वडा नम्बर १ का वडा अध्यक्ष दिपक राना, वडा सदस्य नैन बहादुर बि.क.स्थानीय समाजसेवी तथा समन्वयकर्ता ढकवीर रानाले व्यवस्थापन सहयोग गर्नु भएको थियो ।
राहत सहयोगको लागि दाता को तर्फबाट विशेष भूमिका नागरिक स्बालम्वन बिकास नेपालको कार्यकारी निर्देशक डा.अर्जुनमणी गुरागाईले निभाउनु भएको थियो भने संस्थाको तर्फबाट समन्वयकारी भूमिका ध्रुव विक्रम मल्लले गर्नु भएको थियो ।
यो बिपदकोृ समयमा आफ्नो तर्फबाट अमुल्य योगदान दिनुहुने सबैलाई स्थानिय सरकारको तर्फबाट हार्दिक धन्यवाद दिदै आगामी कार्यक्रम हरुमा समेत यस्तै सहयोगको अपेक्षा राखेर प्रमाणपत्र समेत प्रदान गरेको समाजसेवी दिनेश कुमार तामाङले बताउनु भयो ।

तामाङ नागरिक हिरो २०७५बाट सम्मानित समेत भईसक्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »