सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरी नायब निरीक्षक घुस लिदा लिदै पक्राउ

काठमाडौं । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका वडा नं। ६ मैनापोखर स्थित ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउद लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग तीस हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
सेवाग्राहीसँग रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले प्रहरी नायब निरीक्षक पवन साउदलाई सेवाग्राहीबाट तीस हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित ईलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियाको मुद्दा शाखाबाट मिति नियन्त्रणमा लिईएको हो ।
यस बिषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्ति जारि गर्दै यो घटनाको पुष्टि गर्नुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »