सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अब घर फर्क पर्देशी


डि.बि.पराजुली


तिम्रो भुण्टे छोरोले नि बाबा खोज्ने भ छ
बाटो हिड्ने बटुवालाई बोलाउँदो र छ
बुढिआमा आँखा तन्काई दोबाटो मै हेर्छिन
तिम्रो प्यारी अंगालोमा सिरानि लाई बेर्छिन
गाउँ पाखा पखेरोले बन भन्दैछ घरदेशी
कति बस्छौ बिरानो ठाउँ
अब त घर फर्क पर्देशी
अस्ति बिते ति ठुला बा मलामी पाएनन्
पल्ला गाउँका लाहुरे दाईले सलामी पाएनन्
भोज भतेर त हुनै छोड्यो ति ठुला पाटामा
कोहि पनि भेटीदैनन् गाउँ घरको बाटामा
गाउँ पाखा पखेरोले बन भन्दैछ घरदेशी
कति बस्छौ बिरानो ठाउँ
अब त घर फर्क पर्देशी

भर्खरै

सम्बन्धित खबर

Language »