सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसनको पन्ध्रौं अधिवेशन सम्पन्न : बासुदेव पौडलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ आवद्ध भएको पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसनको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अघिल्लोकार्यकालका बरिष्ठ उपाध्यक्ष बासुदेव पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
पोखराको कार्की डाँडामा रहेको पिकनिक स्पोर्टमा आयोजित अधिवेशन बाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशन उद्घाटन गर्न ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठ ,दोश्रो उपाध्यक्ष ईश्वर खड्का, उपाध्यक्ष एवम् गण्डकी प्रदेश संयोजक रन बहादुर विश्वकर्मा तथा केन्द्रिय सदस्य खोकाजी श्रेष्ठ कार्यक्रममा पुग्नु भएको थियो ।
निवर्तमान अध्यक्ष विश्व प्रसाद कर्माचार्यको शभापतित्वमा भएको अधिवेशन उद्घाटन कार्यक्रम एसोसिएसनका महासचिव भिम प्रसाद आचार्यले सन्चालन गर्नु भएको थियो ।
अधिवेशनमा पुर्व अध्यक्ष ऋषि गिरी,सल्लाहकार अम्बर बहादुर गुरुङ,रुद्रलाल श्रेष्ठ,याम प्रसाद पौडेल, दिपेन्द्र राई ,नारायण बास्तोला ,बिभिन्न हार्डवेयरका प्रतिनिधिहरु, समाजसेवी ,एसोसिएसनमा आबद्ध ब्यवसायी तथा ब्यवसायीहरुका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष विश्व प्रसाद कर्माचार्यले आफ्नो कार्यकालमा कार्यसम्पादनमा सहजिकरण गर्न खटिनुहुने सबैलाई आभार ब्यक्त गर्दै नयाँ कार्यसमितिको कार्यकाल सफलताको शुभकामना सहित बधाई दिनु भएको थियो । साथै उहाँले अतिथि तथा सहयोगिहरुलाई मायाको चिनो स्वरुप बिभिन्न लेखकहरुको किताब प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले आफुले महासंघको नेतृत्व समालेपछि केहि महत्वपुर्ण कार्यहरुको थालनीभएको बताउनु भयो । राज्य गम्भिर नभएसम्म ग्रील तथा स्टील ब्यवसायीहरुको अवस्था सुधारगर्न कठीनाइहुने भएकाले महासंघको प्रतिनिधि मण्डलले प्रधान मन्त्री,सभामुख,उद्योग मन्त्री,उर्जा मन्त्रीलाई भेटी ब्यवसायीहरुको हितमा नीतिगत निर्णय गर्न सरकारलाई दवाब स्वरुप सात बुँदे ज्ञापनपत्र बुझाईएको र त्यसलाई नेपाल सरकारले गंभिरतापुर्वक लिएको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले गएको तिस बर्षमा गर्न नसकेका कामहरु आफ्नो नेतृत्वको समितिले तिन बर्षमा गर्न सक्ने क्षमता राख्ने भन्दै यसको लागि सबैले साथ र सहयोग दिनु पर्नेमा जोड दिनु भयो ।
आफुलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्नुहुने आयोजक टिमलाई धन्यवाद दिदै अध्यक्ष श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई सफलकार्यकालको शुभकामना समेत दिनु भयो ।
महासंघका दोश्रो उपाध्यक्ष ईश्वर खड्काले नयाँ कार्यसमितिले नीति र बिधान भित्र रहि संस्थालाई अझ उचाईमा पुर्याउन सफल बनोस् भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।
एसोसिएसनका कानुनी सल्लाहकार याम प्रसाद पौडेलको संयोजकत्वमा बनेको तिन सदस्सिय निर्वाचन समितिले निर्विरोध रुपमा सौहार्दपुर्ण वातावरणमा बासुदेव पौडलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा वसन्त रेग्मी,उपाध्यक्षमा विष्णु कुमार वास्तोला, महासचिवमा भिम प्रसाद आचार्य,सचिव सालिकराम बास्तोला,कोषध्यक्ष शिव गिरी,सहकोषध्यक्ष किशोर रसाईली,सदस्यहरुमा तारा बुढाथोकी,गणेश बास्तोला,किरण थापा, सागर नेपाली,धर्म बहादुर बिष्ट,भिम बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।
निर्विरोध निर्वाचित भए पछि बोल्दै अध्यक्ष पौडेलले यो संगठन चलाउन निकै कठीन भएपनि अहिले निर्वाचित टिम मजबुद भएकोले आम ब्यवसायीहरुको हरेको समस्याको उचित समाधान गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »