सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उद्योगी व्यवसायीद्वारा प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र


नेपालगन्ज, बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघसंस्थाले प्रधानमन्त्री, सङ्घीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् ।
उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील सङ्घसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान सङ्घर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनुपर्ने मागसहित सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री र नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्जमार्फत अर्थमन्त्री र गभर्नरलाई १४ बुँदे ज्ञापनपत्र बुझाइएको हो ।


समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामी नेतृत्वको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्जका निमित्त निर्देशक रामकुमार कार्कीमार्फत गभर्नरलाई ज्ञापनपत्र बुझाइएको हो । गभर्नरलाई बुझाएको ज्ञापनपत्र अर्थमन्त्रीलाई बोधार्थ पठाइएको छ ।
ज्ञापन पत्रमा एक अङ्कको बैंक ब्याजदर कायम गर्नुपर्ने, १५ महिने कोरोनाकालको बेला बैंकलाई तिरेर ब्याजफिर्ता गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले सुरुको सम्झौता अनुसारको ब्याजदर कायम गर्नुपर्ने, १० करोड रुपियाँभन्दा माथिको ऋण लगानी गर्दा सम्पत्ति शुद्धीकरणको कागजात अनिवार्य गर्नुपर्नेलगायतका छन् ।
समितिका संयोजक टङ्कबहादुर धामीले आफ्ना मागहरु सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । उहाँले ज्ञापनपत्र बुझाउने क्रममा भन्नुभयो, ‘‘पहिलो चरणमा हामीले ज्ञापनपत्रमार्फत हाम्रा मागहरु प्रस्तुत गरेका छौं । माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्नेछौं ।’’ सङ्घर्ष समितिले विरोधमा कालोपट्टी बाँध्ने, अनशन बस्ने र व्यवसायी सभा गर्ने तयारी गरिरहेको छ । (गोरखापत्र अनलाइन)

भर्खरै

सम्बन्धित खबर

Language »