सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध तस्करी नियन्त्रण र शान्ति, सुरक्षामा अग्रसरता देखाउँदै बाँके प्रहरी, क्यासिनोमा नेपाली रोक्न छड्के


नेपालगन्ज, नेपालगन्जका क्यासिनोमा प्रहरीले छड्के चेकजाँच गरेको छ । नेपालगन्जका क्यासिनोमा नेपालीहरु प्रवेश गरि क्यासिनो खेल्ने गरेको सूचना पाएपछि वडा प्रहरी कार्यालयको टोलीले यहाँ संचालित सातवटा क्यासिनोमा छड्के चेकजाँच गरेको हो ।
नेपालीहरु प्रवेश गरि क्यासिनो खेल्ने गरेको सूचना पाएर गरिएको छड्के चेकजाँचका क्रममा नेपाली फेला नपरेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले बताए । भारतीयलाई मात्र प्रवेश गर्न पाइने नियम छ ।

नेपालीहरु पनि क्यासिनो खेल्न गएको सूचनाको आधारमा छड्के चेकजाँच पर्यौँ, तर नेपाली फेला परेनन्,’ उनले भने ।बाँकेको प्रहरी प्रमुखको रुपमा एसपी बोहरा आएपछि उनले अवैध चोरी पैठारी नियन्त्रणमा सक्रियता देखाएका छन् । उनी आएपछि दिनदिनै चोरीका सामान बरामद हुनुका साथै अदालतले सजाय तोकेपछि फरार ब्यक्तिलाई पक्राउ गरि अदालतमा बुझाउने क्रम बढेको छ । ‘एसपी बोहरा आएदेखि जिल्लामा शान्ति, सुरक्षाको अवस्था मजबुत भएको छ । उहाँको सक्रियताले केहि राहत मिलेको छ,’ नेपालगन्ज ५ का दिनेश यादवले भने ।
बाँकेको प्रहरी प्रमुखको रुपमा एसपी बोहरा आएपछि उनले अवैध चोरी पैठारी नियन्त्रणमा सक्रियता देखाएका छन् । उनी आएपछि दिनदिनै चोरीका सामान बरामद हुनुका साथै अदालतले सजाय तोकेपछि फरार ब्यक्तिलाई पक्राउ गरि अदालतमा बुझाउने क्रम बढेको छ । ‘एसपी बोहरा आएदेखि जिल्लामा शान्ति, सुरक्षाको अवस्था मजबुत भएको छ । उहाँको सक्रियताले केहि राहत मिलेको छ,’ नेपालगन्ज ५ का दिनेश यादवले भने । (अनलाईन खाेजखबर डटकम)

भर्खरै

सम्बन्धित खबर

Language »