सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा ब्याजदर विरुद्धको आन्दोलन निरन्तरता

नेपालगन्ज, नेपालगन्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा रहेको व्यवसाय तथा व्यवसायी उत्थान सङ्घर्ष समिति बाँके-बर्दियाले उद्योगी व्यवसायीका माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
समितिले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर सरकार र राष्ट्र बैङ्कलाई माग सम्बोधनका लागि आग्रह गरेको छ । बाँके र बर्दियाका उद्योगी व्यवसायी सम्बद्ध सङ्घ संस्थामा प्रतिनिधित्व रहने गरेर पाँच हजार एक सदस्यीय सङ्घर्ष समिति गठन गरिएको छ।

पत्रकार सम्मेलनमा समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कप्रसाद धामीले बैङ्क तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने माग गर्नुभयो। एक अङ्कको बैङ्क ब्याजदर कायम गर्नुपर्ने, १५ महिने कोरोनाकालको बेला बैङ्कलाई तिरेर ब्याज फिर्ता गर्नुपर्ने, बैङ्क तथा वित्तीय संस्थाले सुरुको सम्झौता अनुसारको ब्याजदर कायम गर्नुपर्ने, १० करोड रुपैयाँभन्दा माथिको ऋण लगानी गर्दा सम्पत्ति शुद्धीकरणको कागजात अनिवार्य गर्नुपर्ने लगायतका माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने अध्यक्ष धामीले बताउनुभयो ।

अध्यक्ष धामीले भन्नुभयो,‘‘बैङ्कबाट आम उद्योगी व्यवसायी र सर्वसाधारण पीडित भएकाले आन्दोलनमा उत्रिन बाध्य भएका छौँ ।’’ सङ्घका महासचिव तथा सङ्घर्ष समितिका सदस्य सचिव भीमबहादुर रानाभाटले आन्दोलनका कार्यक्रम अन्तरगत प्रशासन र राष्ट्र बैङ्कमा ज्ञापनपत्र बुझाउने कार्यक्रम गरिएको भन्दै विभिन्न क्षेत्रका उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरेर आन्दोलनलाई थप सशक्त पारिने बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »