सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किशोरी बनिन् एकदिनको प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिको प्रमुख- चौधरी

नेपालगञ्ज, बाँके जिल्लाका पाँच जना किशोरीले एक दिनका लागि विभिन्न कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेर ती कार्यालयका गतिविधि बारे जानकारी लिएका छन् ।

प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको आयोजनामा सञ्चालन गरिएको किशोरी सशक्तिकरण कार्यक्रम अन्तरगत नेतृत्व क्षमताको विकास गर्ने उदेश्यले गर्ल्स टेकओभर कार्यक्रम गरेर किशोरीहरुले एकदिनका लागि विभिन्न कार्यालयको जिम्मेवारीमा पद वहाली गरि उनीहरुलाई सो कार्यालयले दिने सेवा र सुविधाको बारेमा जानकारी गराईएको हो ।

बाँके कोहलपुरकी १७ वर्षिया प्रतिष्ठा गौतमले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको जिम्मेवारी बहन गरी जिल्ला प्रशासन कार्यलय बाँकेबाट दिईने सेवाप्रवाहको बारेमा जानकारी लिनुको साथै किशोरी मैत्री प्रशासन बनाउने कुरामा जोड दिईन । गौतमले बाँकेको प्रमुख जिल्ला अधिकारीले दैनिक बहन गर्नुपर्ने जिम्मेवारीको बारेमा जानकारी लिनुको साथै किशोर–किशोरीमैत्री प्रशासन बनाउने, अपाङ्गमैत्री संरचना र बिभेद रहित समाज निर्माणका लागि सो अवसरमा आग्रह गरिन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले किशोरी पनि भोलिका कर्णधार भएकोले उनीहरुलाई प्रोत्साहन गर्न आफुले साथ दिएको बताउनुभयो । सो अवसरमा निजामति सेवा प्रवेश, प्रमुख जिल्ला अधिकारीको काम कर्तव्य अधिकार र सेवाप्रवाहको बारेमा जानकारी गराईएको थियो । यसैगरी सोही अभियान अन्तरगत खजुराकी १७ वर्षिया हिना पाठकले जिल्ला समन्वय समिति बाँकेको संयोजक बन्ने अवसर प्राप्त गरिन । उनले जिल्ला समन्वय समितिका प्रमु्ख ज्ञानेन्द्र कुमार चौधरीले गर्दै आएको कामको भुमिका निभाईन ।

उनले समन्वय समितिका बारेमा जानकारी लिदै नीति निर्माण तहमा महिलाको अर्थपुर्ण सहभागिताका लागि पहल गर्न अनुरोध गरिन् । यसैगरी खजुराकी १५ वर्षिया प्रियंका चौधरीले खजुरा गाउपालिकाका अध्यक्ष डम्बर विक तुफानको जिम्मेवारी बहन गरेर एक दिनको पालिका अध्यक्ष बनिन् भने कोहलपुरकी यमुना घिमिरे र सुशीला सिंह ठकुरीले क्रमश कोहपुरका प्रमुख प्रशाशकिय अधिकृत धोलकराज ढकाल र बैजनाथ गाउपालिकाका शिक्षा शाखा प्रमुख बिश्वराज ढकालको स्थानमा एकदिनको प्रमुख प्रशाशकिय अधिकृत र शिक्षा शाखा प्रमुखको जिम्मेवारी बहन गरेका थिए ।

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले किशोरीको मनोबल उच्च बनाई नेतृत्व क्षमता विकास र शसक्तिकरणका लागि गर्ल्स टेकओभर कार्यक्रम सञ्चालन गरिएको जनाउँदै सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लगायत सबै कार्यालय प्रमुखप्रति आभार व्यक्त गरे । प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सन्तोष पुलामीले किशोरीले पनि चाहेमा नेतृत्व लिनसक्छन् भन्ने विश्वास बढाउन र उनीहरुलाई हौसला दिन यो कार्यक्रम सञ्चालन गरिएको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »