सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ए.जि. सर्भिस प्रा. लि. नेपालगञ्जले यही पुष ५ गतेदेखि १७ गतेसम्म नेपालगन्जमा महोत्सव आयोजना गर्ने


नेपालगन्ज , ए.जि. सर्भिस प्रा. लि. नेपालगञ्जले यही पुष ५ गतेदेखि १७ गतेसम्म नेपालगन्जमा महोत्सव आयोजना गर्ने भएको छ । यस वर्ष पनि ’कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुलनारा सहित नेपालगञ्जमा छैठौ नेपालगञ्ज महोत्सव आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।


बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ मा रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र रहेको खुल्ला प्राङगणमा यहि २०८० पौष ५ गते देखि पौष १७ गते सम्म कृषिलाई विषेश प्राथमिकता दिदै महोत्सव आयोजना गर्न लागेको हो । यस महोत्सवमा कृषि, पर्यटन, औद्योगिक, व्यापार तथा सांस्कृतीक प्रदर्शनीलाई समेटिएको मेलाका सचिवालय संयोजक नन्द बहादुर बुढाले जानकारी दिनुभएको छ ।
उहाँले बिषेशत कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई रोजगारको वातावरण सिर्जना गर्ने लक्ष्य लिएको बताउदै यसै लक्ष्यलाई आत्मासाथ गर्दै बहुआयामिक र औद्योगिक प्रवद्र्धन, पर्यटन व्यवसायलाई प्रोत्साहन तथा सामाजिक उत्तरदायित्व बहन हुने गरी एजी. सर्भिस प्रा. लि. नेपालगञ्जको आयोजना कृषि प्रवद्र्धन, पर्यटन, औद्योगिक, व्यापार तथा सांस्कृतीक महोत्सव २०८०, छैठौं नेपालगञ्ज महोत्सवलाई झण्डै ३ लाख बढि दर्शकले अवलोकन गर्ने अनुमान गरेको आयोजकको जिकिर रहेको छ । पत्रकार सम्मेलन मार्फत छैठौं नेपालगन्ज महोत्सवलाई उत्कृष्ट बनाउन संघिय सरकार, प्रदेश सरकार, तथा स्थानिय सरकार, सरकारी तथा गैरसरकारी संस्था÷फर्महरुसंग समन्वय गरी रहेको बताउँदै सबैलाई साथ र सहयोगको अनुरोध समेत गर्नुभएको छ । यस महोत्सवमा कृषि तथा पशुपन्छी, पर्यटन, व्यपारिक लगायत सबै क्षेत्रलाई समेट्ने गरी ३०० सय वटा स्टलहरु राखिने छ भने जसमा ५० वटा स्टलहरु कृषि तथा पशु पन्छी, उद्यमी, लघुउद्यमीहरुलाई निशुल्क छुट्टयाइएको संयोजक बुढाले जानकारी दिनुभयो । उहाँले प्रदेशका कृषकहरुलाई सहभागी गराउने र निशुल्क विविध तालिम उपलब्ध गराउने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ । महोत्सव अवलोकनको समय बिहान १०ः०० बजे देखी साझा ७ः०० बजेसम्म रहने छ भने विद्यार्थीको लागि टिकट रु. ८० र सर्वसाधारणको लागि १०० रुपैया तोकिएको जानकारी दिनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »