सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिद्धबाबाको सफाइ विरुद्ध उच्च अदालतमा पुनरावेदन

काठमाडौं। महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ ।

गिरीलाई सफाइ दिने गरी २७ भदौमा जिल्लाले गरेको फैसला विरुद्ध सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।

४ कात्तिक २०७६ मा चतरास्थित आश्रममा महिला अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप गिरीमाथि छ ।

तर दोस्रो पटकको सुनुवाइका क्रममा जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले मुख्य प्रमाणको रुपमा पेश भएको अडियो रेकर्ड परीक्षण गर्ने विज्ञको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सफाइ पाउने फैसला गरेको थियो ।

यसअघि २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश ९हाल उच्च अदालतका न्यायाधीश० अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । त्यसका विरुद्ध वादी पक्ष उच्च अदालत पुगेको थियो ।

उच्च अदालत विराटनगरले प्रमाण नबुझी फैसला गरेकाले थप प्रमाण बुझेर फैसला गर्नु भन्दै मुद्दालाई जिल्लामै फर्काएको थियो । दोस्रो पटककको फैसला विरुद्ध पनि सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »