सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हाइमास्ट लाइटको विद्युत् महसुल बक्यौता तीन करोड ३३ लाखभन्दा बढी


नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिकामा जडान भएका हाइमास्ट लाइटहरुको तीन करोडभन्दा बढी विद्युत महसुल बक्यौता रहेको विद्युत वितरण केन्द्र नेपालगन्जले जनाएको छ। नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार हाइमास्ट लाइटको विद्युत् शुल्क वापत उपमहानगरले तीन करोड ३३ लाख ३३ हजार ५४ रुपियाँ तिर्नुपर्ने भएको छ ।


हाइमास्ट लाइटको सबैभन्दा धेरै महसुल राँझामा जडान भएको हाइमास्ट लाइटको छ। उपमहानगरपालिकाले उक्त हाइमास्ट लाइटको मात्र १२ लाख ३७५ रुपियाँ तिर्नुपर्ने वितरण केन्द्रले जनाएको छ ।
त्यसैगरी, बसपार्क, त्रिभुवन चोक र स्पोर्ट एकेडेमीको समान ११ लाख ८८ हजार तथा वागेश्वरी मन्दिर, बाबुगाउँ, पुष्पलाल चोक, भाटभटेनी चोक, चौलिका त्रिवेणीमोड, सोल्टीमोड, भेरी अस्पताल अगाडि, कव्रस्तान, पिप्रह्वा, श्मसानघाट, भन्सार, सेतु विक चोक, पुरैना, त्रिभुवन चोक, वाटरपार्क, दाउते इस्लामी, धम्बोझी, बिपी चोक, सिटी हल, लालापुर्वा, पुरैनी, जयसपुर कव्रस्तान, जमुनाह, ट्राफिक चोक, गणेशमान चोक, वन कार्यालय, आदर्शनगर, पासाङ ल्यामु मार्ग, वसन्ता चोक, फुटाहा, गायत्री मन्दिर, कान्ति ताल र मनिकापुरको समान सात लाख ९२ हजार रुपियाँ वक्यौता छ ।
नेपाल विद्युत वितरण केन्द्र नेपालगन्जका प्रमुख जगन्नाथ लामिछानेले तेजनगर चोक र विशालनगर चोकको समान पाँच लाख ५४ हजार तथा बिर्ता कर्वला नजिक चोकको दुई लाख ९७ हजार र कारकाँदोको दुई लाख ५४ हजार ८९७ रुपियाँ विद्युत् वक्यौता रहेको बताउनुभयो। रकम तिर्न उपमहानगरपालिकालाई ताकेता गरेको प्राधिकरणले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »